• २०७६ भदौ २ गते, सोमबार
११:०४ pm

धनुषा : घरबाटै अढाई बर्षिय बालक बेपत्ता 

यता प्रहरीटोली पनि सक्रियताका साथ खोजी कार्यमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको ढल्केवरमा एक बालक घरबाट बेपत्ता भएको छ ।


धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरबाट एक अढाई बर्षिय बालक घरबाटै बेपत्ता भएको हो । स्थानीय शम्भुसाहको छोरा आर्यन साह सोमबार साँझ करिब ५ः०० बजेबाट बेपत्ता भएको परिवारजनले जनाएको छ । 


बेपत्ता बालकले हरियो रङ्गको सर्ट लगाएका हुुुन् । खेल्दै गरेको अवस्थामा घरमै छोडेर नजिकैको धारामा पानी भर्न गएको बेला बालक बेपत्ता भएको जनाउँदै पानी लिएर आउँदा घरमा बच्चा नदेखेपछि छरछिमेकका घरमा खोज्दै प्रहरीमा समेत जानकारी गराएको जनाइएको छ ।

 

यता, बच्चा बेपत्ता भए लगतै ढल्केवर ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराइएको छ भने खेतबारीमा जान सक्ने अनुमान गद सयौंको संख्यामा गाउँलेहरु राति ९ बजेसम्म खेतबारीमा खोजी गरेका छन् । यता प्रहरीटोली पनि सक्रियताका साथ खोजी कार्यमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस