• २०७६ भदौ २ गते, सोमबार
१०:५८ pm

धनुषा प्रहरीद्धारा २०० लिटर घरेलु मदिरा नष्ट


न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले आईतबार २०० लिटर अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । 

 

धनुषाको धनुषाधाम नगरापलिका वडा नंं ८ ९ यज्ञभूमि स्थित रहेको प्रहरी कार्यालयले यात्रुवाहक बस चेकजाँचको क्रममा बरामद गरेको उक्त परीमाणको अवैद्य मदिरा आईतबार साँझ सरकोकारबालाहरुको रोहबरमा नष्ट गरेको हो । 

 

प्रहरी कार्यालय यज्ञभूमिका प्रहरी नायब नीरिक्षक भगवान ठाकुरको नेतृत्वमा खटेको टोलीले विभिन्न समयमा बरामद गरिएको उक्त परीमाणको अवैद्य मदिरा स्थानीय बुद्धिजीवी, युवा, जनप्रतिनीधि, सँचारकर्मीहरुको रोहबरमा नष्ट गरेका छन् ।


अपराधिक क्रियाकलाप तथा अखाद्य वस्तु नियन्त्रणको लागि धनुषा प्रहरी अभियान तीव्र चलाइएकोे हो  

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस