साना किसानका अध्यक्षद्धारा आफ्नो सबै सेवासुविधा किसानमै बाँडने घोषणा

२०७६ बैशाख २१ शनिबार
रति ९:१६ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, धनुषा । धनुषामा साना किसान सहकारी सँस्थाका एक अध्यक्षले सँस्थाबाट कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।


धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थित साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरका सँचालक समिति अध्यक्ष इन्द्र कुमार महतोले कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

 

सँस्थाको मासिक बैठकमा अध्यक्ष महतोले आफ्नो सेवा सुबिधा किसानहरुमा खर्च गर्ने र  सबै सेवा सुबिधा नलिने घोषणा गरेका हुन । साना किसानमा उमाप्रेमपुर र दिगम्बरपुर टोलका  किसानहरु लगायत २ हजार ५० जना  रहेका छन् ।

 

सहकारी सँस्थाले विभिन्न किसिमका किसानलाई  रकम  कर्जा  दिदै आएको छ । विशेष गरी सिँचाई तथा बालीनाली अन्य प्रकारको खेतीपातिको लागि यस सँस्थाले किसानहरुलाई ऋण उपलब्ध गराउँदै आएको हो । 


किसानहरुको मौसमी खेतिको लागि साना किसान कृषि सहकारी सँस्थाकै पहलमा खेतहरुमा विजुलि पोलिंग भएको जनाउँदै केही दिनमै विद्युतबाट सिँचाईको व्यवस्था गरी कृषिमा क्रान्ती ल्याउने जनाए  ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७६ बैशाख २१ शनिबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus

} }