• २०७६ जेठ १३ गते, सोमबार
०८:११ pm

उपमेयरहरुको आक्रोस :'समय आए दुर्गा र काली रुप धारण पनि गर्न सक्छौँ'  !

 यस्तै कटहरिया नगरपाकिलाको उपमेयर नुरजहा खातुनको पिडा अरु उपमेयर भन्दा कम छैनन् ।

 

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा रहेको १८ स्थानीय तह मध्ये १२ स्थानीय तहका उपमेयरहरु आफूहरु माथि प्रमुखद्धारा गरिएको भेदभावपूर्ण व्यवहार एवं हेपहा प्रवृतिको विरुद्ध संयुक्त रुपमा तिव्र रुपमा आलोचना गरेकी छिन् ।


 उपमेयर क्लवद्धारा गौर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा शुक्रवार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा उपमेयर तथा उपाध्यक्षहरुले अहिले सम्मे स्थानीय तहका प्रमुखहरुबाट गरिदै आएको भेदभावपूर्ण व्यवहारको चर्को रुपमा आलोचना गर्दै अव चुप लागेर सहन गर्न नसकिने चेतावनी दिएकी छिन् ।


 योजना तर्जुमा समिति, योजना अनुगमन समिति, न्यायीक समिति, राजस्व परामर्श समिति सहित विभिन्न समितिका संयोजक स्थानीय तहका उपमेयर वा उपाध्यक्ष रहने कानुनी स्पष्ट प्रावधान भएपनि प्रमुखहरु आफूखशी मनोमानी गर्दै आएको तथा कुरा गर्न खोज्दा पटक पटक अभद्र व्यवहार देखाउने गर्दा अब हामीहरु पनि चुप लागेर बस्न नसक्ने चेतावनी दिर्दै अधिकारको लागि कानुनी बाटो अपनाउने उनीहरु एक रुपमा कुरा राखिन ।


 यमुनामाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले जवरजस्ती कागजमा हस्ताक्षर गराउन दवाव दिने गरेको, हस्ताक्षर गर्न विरोध जनाउदा अभद्र व्यवहार गर्ने गरेको हुँदा गत साता हदै पार गर्यो उपाध्यक्ष गितादेवी साहले सो पत्रकार सम्मेलनमा आफनो दुखेसो पोखिन । 

 

“वैठकमै अध्यक्ष मुखियाले योजना अनुगमन फारममा हस्ताक्षर नगर्ने हो भने कार्यालयबाट भाग, तिम्रो यहाँ कुनै काम छैन, सोको प्रतिबाद गर्दा आफू माथि थप्पड उठाएर झम्टिएको कुरा सुनाउदै उपाध्यक्ष साहले एक महिलालाई सम्मान दिनुको साटो अपमान गर्ने अधिकार अध्यक्षलाई कसले दियो” उनले पत्रकार सम्मेलनमा प्रश्न गरिन ।

 

 “अब आफू चुप लागेर बस्न नसक्ने, धेरै चुप लागेर बसे अव अभद्र व्यवहारको लागि सम्बन्धित निकायमा समेत जान तयार छु, उपाध्यक्ष कसैको दयामायाबाट नबनेको, जनताबाट निर्वाचित भएर यस पदमा आएको हुँदा पहिला कुनै जानकारी नहुँदा जस्तो कागजमा हस्ताक्षर गराउदा गरिदिन्थे, अब सवै कुरा बुझिसके जनताको कामको लागि हरेक मूल्य चुकाउन तयार छु तर अपमानित भएर बस्न नसक्ने चेतावनी उनले दिइन् ।”

 

 यस्तै कटहरिया नगरपाकिलाको उपमेयर नुरजहा खातुनको पिडा अरु उपमेयर भन्दा कम छैनन् । कटहरियाको मेयर सियाराम कुश्वाहाले मनोमानी रुपमा काम गरिरहेको, हत्याको आरोपमा कारागारमा बस्दा समेत आफूलाई कुनै किसिमको काम गर्न नदिएको अहिले आएर पार्टी कार्यालयमै बसेर सवै योजनाहरु संचालन गरिरहेको आरोप लगाइन ।


 नगरपरिषद गर्दा समेत आफूलाई जानकारी विना गरेको त्यस सम्बन्धमा आफू सम्बन्धित निकायमा उजुरी समेत दिएको तर मेयर कुश्वाहालाई कुनै फरक परेको छैन किनकी ठूला राजनितिक दलको व्यक्तिको छत्रछायामा उक्त गलत क्रियाकलापहरु संचालन भईरहेको दुखेसो पोखिन ।


 राजदेवी नगरपाकिलाको उपमेयर श्रीमती अंशु सिंहले जथाभावी रुपमा कर्मचारी भर्ना गरेको, आफूखशी बजेट संचालन गरेको, योजना अनुगमन गरेर रिपोर्ट दिदा तपाईको के अधिकार हो भन्दै रिपोर्ट फाल्ने गरेको, विना टेण्डरको अमानतमा लाखौंको फर्निचर खरिद गरेको लगायत विभिन्न शिर्षकमा व्यापक रुपमा अनियमितता गर्दै आएको आरोप लगाइन् । 


यसवारेमा विभिन्न निकायमा जानकारी गराउदा समेत हाल सम्म कारवाही प्रक्रिया अगाड नबढदा मेयर दोषि त छदैछन् तर कर्मचारीहरु त्यो भन्दा बढि दोषि रहेको हुँदा संचारकर्मीहरु सत्य तथ्य समाचार प्रकाशित गरिदिएमा नगरपालिकाको भलो हुनेछ उनले भनिन । 


 यस्तै गौर नगरपालिकाको उपमेयर श्रीमती किरण ठाकुर, दुर्गा भगवती गाउँपालिकाको उपाध्यक्ष मञ्जुदेवी झा, फतुवा विजयपुरको उपमेयर कान्ति देवी साह, गरुडा नपाको उपमेयर रंगीला देवी जयसवाल, गढीमाईको विणा जयसवाल, माधवनारायणको सिमल साह, बौधीमाईको प्रेमलता कुश्वाहा, इशनाथकको हुष्णआरा खातुन लगायतका उपमेयरहरु संयुक्त रुपमा मेयरद्धारा गरिएको व्यवहा तथा हेपहा प्रवृतिको खुलेर विरोध जनाउदै अव हामी चुप लागेर नभई दुर्गा रुप धारण गरेर अनियमितता गर्नेहरु विरुद्ध संयुक्त रुपमा एकतवद्ध भई अघि बढ्ने धारणा राखिन ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस