• २०७६ जेठ १३ गते, सोमबार
०६:४९ pm

सुनसरी पत्रकार महासंघले पनि मनायो विश्व स्वतन्त्रता दिवस


न्यूज ब्यूरो, सुनसरी ।  आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर देशैभरीका पत्रकारहरुले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् ।


यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले पनि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर धरानको भानुचौकबाट धरान उपमहानगरपालिका सम्म र्याली कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले पत्रकारले लेख्न पाउनुपर्ने अधिकारको शुुनिश्चित गर्न माग गरेका थिए ।

 

समाचार लेख्ने पत्रकारहरुलाई साईबर क्राईम लगाएर पक्राउ गर्ने प्रहरीले वहाना समेत खोज्दै गएको भन्दै स्वतन्त्र रुपमा समाचार लेख्ने बातारण पत्रकारहरुलाई मिलाउन आग्रह समेत गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रेस सेन्टर सुनसरीका अध्यक्ष श्रीशिसा राई प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरी,प्रेस मञ्च नेपाल १ प्रदेस संयोजक चन्दन रौनियार ,पत्रकार जनक राई,केशब घिमिरे ,किशोरकुमार कार्की लगायतले बोलेका थिए । कार्यक्रम पत्रकार महासंघ सुनसरीको अध्यक्ष अमर खड्काको अध्यक्षतामा भएको थियो ।

 

इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको सङ्ख्या प्रेस काउन्सिलका अनुसार गत चैतसम्ममा एक हजार ६०० पुगेको छ । तर यो सङ्ख्या हेर्दा अनलाइन मिडियाको सङ्ख्या निकै बढी रहेको अनुमान गर्न सकिन्छ ।


 अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ । 

 

स्वतन्त्र प्रेसका लागि वातावरण तयार गर्न अभिव्यक्ति स्वतन्त्रताका सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य बढाउनुपर्ने पत्रकारहरुले बताएका थिए

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस