• २०७६ जेठ १३ गते, सोमबार
०८:२० pm

                     महिला श्रमको सम्मानको लागि ५ बुदे घोषणापत्र सहित वान नेश्नल क्याम्पेन शुभारम्भ

कार्यक्रम ८० भन्दा बढि मान्छेहरुको सहभागितामा सम्पन्न भएको थियो ।


विनय कार्की, काठमान्डौँ । "महिलाको श्रमको सम्मान गरौ, सामाजिक न्याय सहितको विकासमा अघि बढौ"  र "महिलाको श्रमको सम्मान तथा न्यया लागि राष्टव्यापी अभियान" नामक नारा सहित मे १ देखि १ सय ३० औ अन्तराष्टिय श्रमिक दिवशको अवसरमा वान नेश्नल क्याम्पेन शुभारम्भ गरिएको छ ।

 

काठमान्डौको बवरमहल स्थित रेन्जर भवनमा अनौपचारिक क्षेत्रमाकाम गर्ने महिला श्रमिकहरु दारा कार्यक्रम सम्पन गरिएको थियो । कार्यक्रममा एक्सनएड नेपाल, युथ एडवोकेसी नेपाल, होमनेट नेपाल, केयर नेपाल, नेपाल महिला एकता समाज, राष्टिय महिला अधिकार मञ्च, प्रेरणा जस्ता धेरै सामाजिक सघं सस्थाले सहयोग तथा एक्यवदता जनाएका थिए । 

 

कार्यक्रम ८० भन्दा बढि मान्छेहरुको सहभागितामा सम्पन्न भएको थियो । कृषी क्षेत्रमा काम गर्ने, बासको काम गर्ने, अर्काको घरमा कामगर्ने, ज्यामी काम गर्ने, सरसफाई क्षेत्रमा काम गर्ने जस्ता अनेकौ अनौपचारिक क्षेत्रमाकाम गर्ने महिला श्रमिकहरुले आफ्नो अनुभव बाडेका थिए । उनिहरुले आफुलेगरेको कामको सम्मान नगरीएको, सम्मान ज्याला पाउन नसकेको, काम गर्ने ठाउँमा हिसा हुने जस्ता कुरा राखेका थिए ।


सो कार्यक्रमको दौरान महिला श्रमिकहरुको पुरुष सरह सम्मान, उचित ज्याला सुनिश्चित गरियोस,  सवै प्रकारका हिसा र दुव्र्यहार मुक्त कार्यलथलो निर्माण गरियोस, श्रमिक महिलाहरुको व्यवसायिक सुरक्षा र स्वास्थ्य सुनिश्चित गरियोस,  अनैपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुका विश्वव्यापी सामाजिक सरक्षण र योगदानमा आधारीत सामाजिक सुरक्षा सुनिश्चितल गरियोस र लैंगिकमैत्री सार्वजानिक सेवाहरु मर्फत महिलाको परिश्रमिक विनाको हेरचाह मुलक कार्यवोध न्युनिकरण गरियोस सहितका पाँच बुंदे घोषणा पत्र सार्वजनिक गरिएको थियो । 


कार्यक्रममा सहभागीहरुले आफुले भोगेका समस्या नाटकको माफत  पनि देखाएका थिए । श्रम तथा रोजगार मन्त्रालयका उप सचिव लोकनाथ भुषालले श्रमको सम्मान गनुपर्ने र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत अव नागरीकलाई नेपालमै रोजगार बनाउने कुुरामा जोड दिए । स्वदेशी उत्पादन नबढाई देशको अर्थतन्त्र विकाश हुन नसक्ने वताए । उनले केन्दिय तत्थाड्ढक विभागको रिपोट अनुसार अक्षै ६४ प्रतिशत नागरिक अनैपचारिक क्षेत्रमा काम गरिरहेको वताए । 


पाँच बुदे घोषणाप्रत्र अनैपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुले मन्त्रालयका उपसचिवलाई बुक्षाएका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस