बम लिएर व्यापारी तर्साउने सहित सुन तस्कर पनि पक्राउ !

नक्कली बम राखी धमक्याउने पासवान र रायलाई मुलुकी अपराध संहीताको  स्फिोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइने उनले बताए ।

२०७६ बैशाख २० शुक्रबार
दिउसो ४:१९ बजे
सँजय सहनी | रौतहट


न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरमा नक्कली बम राख्ने र सुन तस्करिमा समलग्नलाई सुन सहित पक्राउ गरि सार्वजनिक गरेको छ।


शुक्रवार पत्रकार  सम्मेलन नक्कली बम कान्ड र सुन कान्डमा समलग्न एक भारतिय सहित दुई नेपाली नागरिकलाइ सार्बजनिक गरेको हो । गत बिहीवार ढडकन चोकमा बम राखि स्थानीय व्यापारी धम्क्याउने भारत सितामढी बैरगनिया नगरपालिका वडा नं. २० बस्ने २६ बर्षिय प्रेम कुमार पासवान र  गौर नगरपालिका वडा नं. ५ का २१ बर्सिय नन्दकिशोर राय यादब सहित सुन तस्करीमा समलग्न सोहि वडाको अनुकेश कुमार साहलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरि सार्वजनिक गरेको हो ।

 

गौर नगरपालिका वडा न ४ बसपार्क स्थित शुक्रबार एका बिहानै ५ः३० बजे सुन सहित तस्कर पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरि कार्यालय गौर बाट प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा गएको टोलिले बिशेष सुराकिको आधारमा लु ४ प ५८०३ नम्बरको ग्लामर मोटर साइकल सर्च गर्दा अनिसलाई एक किलो दुई सय पचास ग्राम परिणाममा रहेको सुन जस्तो देखिने बस्तु फेला परेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रिले बताए । पक्राउ परेका अनिस स्थानिय राम जि साहको छोरा हुन । 

 

पहिलो २४४ ग्राम ,दोस्रो २४६.८ ,तेस्रो २५३.१० र चौथो २५६.१ ग्राम रहेको पहेलो बिस्कुट परिक्षणका लागि सुन चादी ब्याबसाय गरुडामा पठाउदा सुन रहेको प्रमानित भएको उपरीक्षक खत्रिले खुलासा गरे । लगभग ६० लाख मुल्य बराबरको सुन र कारोबारि अनिसलाइ राजस्व छली कारबाहीको लागि राजस्व अनुसन्धान बिभाग पथलैया पठाउने प्रहरि नायब निरीक्षक एव प्रवक्ता नबिन कार्कीले बताए । नक्कली बम राखी धमक्याउने पासवान र रायलाई मुलुकी अपराध संहीताको  स्फिोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइने उनले बताए ।


उनीहरुले स्थानीय एक ब्यापारीको पसल अगाडि शंकास्पद बस्तु राखेर २० लाख रुपैयाँ मागेका थिए। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर बम डिस्पोज गर्न आएको नेपाली सेनाको टोलीले उक्त बस्तु बम नभई होक्स बम (नक्कली) भएको बताएको थियो। उनीहरुले २० लाख नदिए उक्त बम पड्काउने भन्दै ब्यापारीलाई तर्साउँदै २० लाख असुल्ने प्रयास गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार पासवानले धम्क्याउने र रायले बम बनाउने काम गरेका थिए। उनीहरुको साथबाट ४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामद गरिएको छ ।

 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७६ बैशाख २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus