• २०७६ श्रावण ४ गते, शनिबार
०२:५० am

राजविराजमा काजल राधवानी, सन्नु कुमार र अरुणकान्त सहितले धमाल मच्चाउने  !

अरुणकान्त, सन्नु कुमार, काजल राधवानी जस्ता दिग्गज कलाकारहरुले प्रस्तुति दिने भएपछि टिकटको लागि दर्शकहरुको भीड देखिएको छ । 


न्यूज ब्यूरो, सप्तरी । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा मैथिली भोजपुरी स्टार धमाका कार्यक्रम हुने भएको छ । 

 

प्रदेश नं. २ को सप्तरीको सदरमुकाम राजविराजको राज रँगशालामा यही बैशाख २० गते मैथिली एवम् भोजपुरी भाषाका स्टारहरुले राजविराज तताउने भएको छ । मनोरञ्जनको लागि राईजिँग स्टार अरुणकान्त एवम् मैथिली भाषाका स्वरको धनि मानिएका सन्नुकुमार र भोजपुरी नायिक काजल राधवानीले राजविराजलाई मनोरञ्जनमय बनाउने भएको छ । 

 

"बैशाख २० गते राजविराजको राज रँगशालामा सन् २०१९ मे ०३ तारिखका दिन दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुनेछ । सो कार्यक्रममा स्मृति गिरी, गायिका अन्जु यादव, गायक रँजित शर्मा सहित प्रसिद्ध नृत्याँगना कशिश दाहाल, ममता पण्डितले समेत दर्शकलाई मन लोभ्याउने छ ।" स्टार अरुणकान्तले न्यूज ब्यूरोसँग भने । 


पेट पूजा चाउचाउको सहयोगमा हुन लागेको उक्त कन्सर्टको लागि एक टिकट खरिद गरे एक फ्रिमा उपलब्ध गराउने भएको छ । सो कार्यक्रमलाई न्यू स्टिल ईटा उद्योग, पँचु बँगुर फार्म, एसि केफ एण्ड होटेल, एम एण्ड एम अटो पार्ट सेन्टर र बजाज शोरुम, कोशी स्वीटसले सह स्पोन्सर गरेको आयोजक समितिले जनाएको छ । 


कार्यक्रमलाई लक्ष्मण मुखियाले सहयोग गर्ने भएको छ भने शिला देवी र मुकेश कर्ण आयोजन समितिमा रहेका छन् । अरुणकान्त, सन्नु कुमार, काजल राधवानी जस्ता दिग्गज कलाकारहरुले प्रस्तुति दिने भएपछि टिकटको लागि दर्शकहरुको भीड देखिएको छ । 

 

बरुवा काउण्टर, राबी, शुभम पान पसल, राबी, कृष्ण पान पसल, कञ्चनपुर, बालकुमार कडबौना, बौवा दास हनुमान नगर, बोदे बसाईन, सप्तरी पान पसल रुपनी, उपहार डिजिटल स्टुडियो महुली र मजनु बाबा पान पसल लहानमा समेत टिकट उपलब्ध हुने आयोजक समितिले जनाएको छ । उनले विशेष जानकारीको लागि सहयोगी लक्ष्मण मुखियाको लागि ९८२३४५२४८० मा सम्पर्क गर्न सकिने बताइएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस