• २०७६ जेठ १३ गते, सोमबार
०७:३८ pm

सपना चौधरीले दलेर मेहंदीसँग लगाइन ठुम्का, भिडियो भाइरल  !

सपना चौधरी डान्सरको रुपमा हरियाणादेखि लिएर युपी विहारसम्म पनि छाएकी छन् ।

Photo : Google.com


न्यूज ब्यूरो, मनोरञ्जन डेस्क । हरियाणाकी मसहुर डान्सर एवम् बलिवुड अभिनेत्री सपना चौधरी कुनै न कुनै कारणले आफ्नो चर्चामा आउँदै गर्छिन् । हालैमा उनले भारत विधानसभा चुनावमा राजनीतिमा एन्ट्री गरेको कुराले उनका फयानहरुमा उनको चर्चा तेज भएको थियो । 

 

त्यही सपना चौधरीलाई उनको नृत्यको बाहेक पनि उनको अनौठो अन्दाजको कारण दर्शकले खुवै मन पराएका छन् । जब उनी डान्स गर्छिन तब दर्शकमा एक खास प्रकारको मस्ती छाएको देखिन्छ । जब उनी डान्स गर्छिन तब सयौँ दर्शक उनीसँगै डान्स गर्न बाध्य हुन्छन् । 

 

सपना चौधरीको फयान फ्लोविँग पनि कुनै बलिवुड सुपरस्टार भन्दा कम छैनन् । यस्तैमा हालै सपना चौधरीको एक धमाकेदार डान्स भिडियो भाईरल भईरहेको छ । पँजावी गायक दलेर मेहंदीका साथ सपना ठुमका लगाउँदै गरेको भिडियो सार्वजनिक भएपछि दर्शक र उनका फ्यानमा अलगै उत्साह देखिएको छ । 

 

हालै सपना चौधरीले आफनो इन्स्टाग्राम एकाउण्टमा गानाको पोस्टर शेयर गर्दै लेखेकी छन् : "हैलो फ्रेंड्स राम राम। हमारा अगला म्यूजिक वीडियो बावली तरेड़ टी(सीरीज द्वारा द्दछ अप्रैल को रिलीज किया जा रहा है । इसे हर तरफ फैला देते हैं। और मैं उम्मीद करती हूं कि आप सबको ये पसंद आएगा ।"

 

सपना चौधरीको करियर अहिले सफलताको सिढी चढदै गएको छ । उनको फयान फलोविंग पनि उत्तिकै बढदै गईरहेको छ । जहाँ सपना चौधरी डान्स गर्न जान्छिन उसलाई विभिन्न ठाउँमा विभिन्न प्रकारको फयान भेटाउने गरेको देखिएको छ । विगत केही दिन अघि मात्र उनको नृत्यको बेला यस्तो फयान भेटायो की सपना चौधरीको डान्सको टु कापी गरेको देखियो । उनको डान्स हेरेर सपना चौधरीले स्वयंम हाथ जोडेर उभिन । यसका साथै सपनाको डान्सझै एक बालिका पनि उनकै टु कापी नक्कल गर्दै देखिएको थियो । 

 

सपना चौधरी डान्सरको रुपमा हरियाणादेखि लिएर युपी विहारसम्म पनि छाएकी छन् । सपना चौधरी दोस्तीकी साईड ईफेक्ट भन्ने हिन्दी चलचित्रबाट बलिवुडमा डेब्यू गरिसककी छन् । फिल्ममा उनले गरेको अभियनलाई उनका फयानहरुले खुवै मन पराएका छन् । 

 

सपना चौधरी र पँजावी गायक दलेर महंदीको भिडियो 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस