• २०७६ जेठ १३ गते, सोमबार
०७:२५ pm

नेपालकै कान्छो मेयर उदय बरबरिया फेरी एक्सनमा , भने- ' शिक्षाको मामिलामा नो कम्प्रोमाईज'

कानुन विपरित कुनै पनि स्कूल सँचालन गर्न नदिने मेयर बरबरियाले अडान लिएका छन् । 


न्यूज ब्यूरो, जनकपुरधाम । मुलुकै कान्छो मेयर एवम् एक्सन म्यान भनेर चिनिने शहिदन नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) पुनः एक्सनमा आएका छन् । 

 

शिक्षाको मामिलामा सधैं शसक्त रहदै आएका धनुषा शहिदनगरका मेयर बरबरियाले पुनः अबैद्य रुपमा सँचालित विद्यालयहरुलाई कारवाहीको लागि एक्सनमा आएका छन् । उनले शिक्षाको मामिलामा कुनै प्रकारको सम्झौता नहुने जनाउँदै विना दर्ताको सँचालित विद्यालयहरुलाई कारवाहीको प्रक्रिया अघि बढाइएको जनाए । 

 

शहिदनगर नगरपालिका भित्र विना ईजाजत भन्दा माथिका कक्षाहरु सँचालन गर्ने गरेको सन्दर्भमा अभिभावकहरुलाई त्यस्ता विद्यालयमा आफ्ना बालबालिकाहरुलाई भर्ना नगराउन विभिन्न तवरले सूचना प्रवाह गरेको जनाउँदै नियम नपुगेका विद्यालयहरुले नीति नियम र कानुनी प्रक्रिया अपनाएर मात्र सँचालन गर्न निर्देशन दिएका छन् । 

 

 

नगरपालिका कार्यालयको चलानी नं. ११८८ मा अनुमति विना विद्यालय सँचालन रहेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय यदुकूमालाई पत्र काट्दै विना ईजाजतको कक्षा सँचालनप्रति ध्यानाकर्षण गराएका हुन् । 

 

विहिबार साँझ न्यूज ब्यूरोसँग कुराकानी गदैै मेयर बरबरियाले भने, - "हामी जस्तोसुकै अवस्थामा पनि शिक्षाको मामिलामा कुनै कम्प्रोमाईज गर्न तयार छैनौ । आखिर हाम्रो नगरको शिक्षा र भविष्यको सबाल छ । यस्तो अवस्थामा ईजाजत विना सँचालनमा रहेको विद्यालयले तत्कालै ईजाजत लिएर मात्र कक्षा सँचालन गर्नुपर्ने भएको छ । त्यस विपरित गए कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले पनि कानुनी प्रक्रियाको लागि हरियो झण्डी देखाएकै हुन् ।" 

 

शहिदनगरमा सँचालित स्वास्तिक ई. बो. स्कूल चिरैया शहिदनगर नपा १, राईजिँग स्टार ई. बो. स्कूल, अक्सफोर्ड ई. बो. स्कूल मतौना, हरिओम ईन्टरनेशनल स्कूल महुलिया, रामजानकी ई. बो. स्कूल धबौली, भिजन लाईट ई. बो. स्कूल नेमुवाटोल धबौली, माँ लक्ष्मी ई. बो. स्कूल नाथपट्टी विसरभोरा, नविन एकेडमी विसरभोरा, घासी ई. बो. स्कूल डुमरिया, सरस्वति ई. बो. स्कूल डुमरिया, एमबियन्स ईन्टरनेश्नल बो. स्कूल नाथपट्टी विसरभोरा, एभर ग्रीन ई. बो. स्कूल मतौना लगायतका स्कूलहरु विना ईजाजतको उपल्लो कक्षा सँचालन गरेको जनाइएको छ । 

 

मेयर बरबरियालाई विना ईजाजतका यस्ता स्कूलहरुलाई कानुन बमोजिम कारवाहीको लागि जिल्ला शिक्षा समन्वय ईकाईले समेत हरियो झण्डी देखाएका छन् । कानुन विपरित कुनै पनि स्कूल सँचालन गर्न नदिने मेयर बरबरियाले अडान लिएका छन् । 

 

यता, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले समेत शिक्षा विकास तथा समन्वय ईकाई र जिल्ला प्रहरी कार्यालय धनुषालाई शहिदनगर नगरपालिकासँग समन्वय गरी कानुनी प्रक्रिया तथा कारवाही अगाडी बढाउन पत्राचार गरेको हो ।

 

विभिन्न समयमा विकासको क्रममा एक्सनमा आएका कान्छो मेयर बरबरियाले यसपाली शिक्षा क्षेत्रलाई सबल पार्नको लागि तथा सरकारको भर्ना अभियानलाई गुणस्तरीयता प्रदान गर्नको लागि यस्तो कदम चालेका हुन् । उनका यस्तो कदमले शिक्षा क्षेत्रमा सुधारको आँकडा बढने भएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस