• २०७६ जेठ १३ गते, सोमबार
०६:४९ pm

मधेशमा जनमत पार्टीले १० लाख रोजगारी सृजना गर्ने

यसका साथै मधेशैभरि १ करोड नीमको पेड लगाउने उनको गुरुयोजना रहेको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । नव गठित डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमै १० लाख रोजगारी सृजना गर्ने अवधारणालाई शिघ्र नै मूर्तरुप दिने बताएका छन् । 

 

गत चैत्त ३० गते सिरहाको मिर्चैयामा आयोजना गरिएको सभाबाट डा. राउतले १० लाख रोजगारी मधेशमै सृजना गर्ने अवधारणालाई आफू नबिर्सेको जनाउँदै विदेशमा दुःख पाईरहेका युवाहरुलाई सक्दो मधेशमै अर्थात आफ्नै ठाउँमा  रोजगारीको लागि पहल थाल्दै रोजागरी सृजना गर्ने बताएका छन् ।


डा. राउतले पहिलो प्राथमिकतामा मधेशका युवाहरुकोे रोजगारी सृजना गर्ने अवधारणालाई मूर्तरुप दिने जनाइएको छ । त्यसको लागि कृषि क्रान्ती, अद्यौगिकीकरण, सूचना प्रविधिको क्रान्ती लगायत जे गर्नुपर्ने गर्न तयार रहेको बताइएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुदीप कुशवाहाले खाडी मूलुकमा गएर दुःख पाईरहेका मधेशी मूलका युवाहरुलाई सकभर स्थानीय स्तरमै रोजगारी दिए वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्ने तर्फ ध्यान केन्द्रीत गरिएको जानकारी दिए । 


डा. राउत मूलधारको राजनीतिमा आउनुभन्दा पहिले पनि मधेशमा १० लाख रोजगारी सृजना गर्ने उनको उदेश्य रहेको बताएका थिए । यसका साथै मधेशैभरि १ करोड नीमको पेड लगाउने उनको गुरुयोजना रहेको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस