पूर्वमन्त्री प्रभु साहले भने,- 'काँग्रेसीलाई उखेलेर फालौं'

मुख्य बाधककारी भुमिकामा देखिएका कांग्रेसीहरु समाजका दुश्मन सरह रहेको साहले आरोप लगाए ।

२०७६ बैशाख ५ बिहीबार
रति ८:२४ बजे
संजय सहनी, रौतहट


न्यूज ब्यूरो, रौतहट ।  पुुर्वमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले कांग्रेसीलाई घाँसजस्तै उखेली फाल्न जनता संग आग्रह गर्नुभएको छ ।

 

रौतहट क्षेत्र नं. ३ का साँसद समेत रहेका बिकास पुरुषको रुपमा स्थापित साहले गुजरामाइ नगरपालिकाको लक्ष्मीपुरमा बिहिवार निशुल्क ग्यास चुल्हो बितरण गर्दै सो कुरा बाताएका हुन ।  धानफल्ने बेलामा खेतमा बढीरहेको घाँसलाई किशानले जसरी खेत बाट उखेलेर फाल्छन त्यसैगरी समाज बाट कांग्रेसीहरुलाई टिपेर नफाले समाजमा बिकास नहुने बताए ।

 

देशमा भईरहेको बिकास निर्माणमा मुख्य बाधककारी भुमिकामा देखिएका कांग्रेसीहरु समाजका दुश्मन सरह रहेको साहले आरोप लगाए ।

 

कांग्रेसले जनतालाई जागरुक,समृद्ध हुन नदिन विकासको बिरोधी बनेर सदैव जनता संग चाकडी गराउने मनसाय पाली राखेको उनले दावी समेत गरे। घोषणपत्रमा संसदिय  निर्वाचन क्षेत्र ३ लाई धुँवा रहीत क्षेत्र बनाउने साहले प्रतिवद्धता गरेका थिए ।सोहि प्रतिबद्ता अनुसार मन्त्री साहले स्थानीय ७०० जनालाई निशुल्क ग्यास सिलिन्डर र त्यसमा लाग्ने उपपकरन हस्तान्तरण गरेको स्पष्ट पारे।कटहरिया,मौलापुर,गुजरा,फतुआ बिजयपुर,गरुडा,देवाही गोनाहीका ४४ वटा वडामा संसदिय निर्वाचन क्षेत्र ३ रहेको छ  ।

 

 चुनावी घोषणा अनुसार आउने निर्वाचन अगाडी ती सबै वडामा निशुल्क ग्याँस सिलिण्डर,चुल्हो बितरण गर्नुपर्ने योजना रहेको समेत ठोकुवा गरे। परम्परागत दाउराको चुल्हो बाल्दा धुँवाको कारण स्वाश्थ्य माथी नराम्रो असर पर्ने र ग्याँस चुल्हो बाट गृहिणीको समय र पैसा दुबै बचित हुने भएकाले पनी क्षेत्रलाई धुँवा रहीत बनाउने घोषणा गरेको पुर्वमन्त्री प्रभु साहले बताए ।


आफनो निर्वाचन क्षेत्र अन्तरगत ग्याँस सिलिण्डर चुल्हो घरमा नभएका परिवार,दलित,बिप्पन परिवारलाई पहिलो प्राथमिकतामा राखेर बितरण गर्ने उनले जानकारी दिनु भयो ।सरकारी बजेटमा नभई बिभिन्न सहयोगीहरुको सहयोगमा आफुले पछिलो केही बर्षदेखी क्षेत्र अन्तरगत निशुल्क ग्याँस सिलिण्डर चुल्हो बितरण गर्दैआएको र हालसम्म पाँचहजार बढी परिवार लाई बितरण गरीसकेको सांसद साहले बताउनु भयो ।


रौतहट क्षेत्र ३ अन्तरगत मात्र नभई समग्र मधेशमा निशुल्क ग्याँस सिलिण्डर, चुल्हो,बितरण गर्न तथा पुनं।ग्याँस भर्न सरकारले प्याकेज ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली संग संबाद भईरहेको सांसद प्रभु साहले जानकार समेत दिए।


कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहाले  क्षेत्रमस आफुहरुले गरेको बिकास निर्माणका गतिविधिको मुल्यांकन गरि पृस्टपोसन दिन स्थानीयलाई आग्रह गरे।कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,मौलापुर नगरप्रमुख रिना कुमारी साह,नेकपा प्रदेश २ का सदस्य वहिद अन्सारी,पलट चौधरी लगायतका नेताहरुले मधेशमा अती पिछडिएका दलित,बिप्पन,गरीब परिवारलाई निशुल्क ग्याँस सिलिण्डर,चुल्हो बितरण गर्न सरकारले ब्यवस्था मिलाउनु पर्ने माग गर्नु भएको छ ।

 

 ग्याँस सिलिण्डर चुल्हो बितरण समारोहमा सब भन्दा पहिले पाउने गुजरा ४ का किशोर मल्लिक डोमकी श्रीमती २५ बर्षिया रेखा मरीक डोमले भरमा ग्याँस बाट खाना पकाएर छोरा छोरीलाई समयमै बिधालय पठाउन र घरका अन्य सदस्य काममा जान सघाउ हुने प्रतिकृया दिइन । रेखाले प्रभु साहको यो अभियानको जति सराहना गरेपनी कम हुने बताइन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७६ बैशाख ५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus