• २०७६ श्रावण ४ गते, शनिबार
०३:१८ am

दोष फोरमलाई 

अध्यक्ष मण्डलको उपस्थितिमा भएको संसदीय दलको बैठकमा मन्त्रीहरुको आलोचना भएको थियो ।

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको प्रदेश २ संसदीय दलको बैठकमा मन्त्रीहरुको कडा आलोचना गरिएको छ । 

 

अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको आतिथ्यमा बसेको संसदीय दलको बैठकमा साँसदहरुले पार्टीबाट सरकारमा मन्त्री रहेकाहरुको आलोचनागर्दै साँसद र पार्टीसित समन्वय नगरेको आरोप लगाए । ‘आर्थिक वर्ष सकिन लागेपनि काम भएको छैन्’ साँसदहरुले भने, मन्त्रीहरु मनपरि ढंगले काम गरेकाले समस्या देखिएको छ ।

 

दलको बैठकमा राज्यमन्त्रीहरुले पनि असन्तुष्टि जनाए ।उनीहरुले मन्त्रीबाट कुनै अधिकार नपाएको गुनासोगर्दै समय काट्न समेत समस्या भएको दुखेसो सुनाए । मन्त्री र साँसदबीच तालमेल नभएको जनाउँदै साँसदहरुलाई उपेक्षा गरिएको आरोप सहभागिहरुले लगाए ।प्रदेश सरकारमा रहेका पार्टीका मन्त्रीहरुले आफ्ना कार्यकर्ताहरुलाई समेत सरकारमा भएको अनुभूति गराउन नसकेको साँसदहरुले बताए ।

 

 तर मन्त्रीहरुले समयमै आर्थिक मामिला मन्त्रालयबाट बजेट प्राप्त नभएको, कयौं योजनाहरुको कार्य अझै रोकिएको गठबन्धनको सरकारमा आफूहरुले सहयोग नपाएको पीडा सुनाए । गत माघ महिनामापनि अध्यक्ष मण्डलको उपस्थितिमा भएको संसदीय दलको बैठकमा मन्त्रीहरुको आलोचना भएको थियो ।तीन महिनामा साँसदहरुको गुनासामा कुनै परिवर्तन देखिएन् ।मन्त्रीहरुले पनि आफ्नो बचाउमा गठबन्धनमा रहेका संघिय समाजवादी फोरम नेपालबाट रहेका मन्त्रीहरुको दोष लगाए ।

 

 बैठकमा सरकारको आलोचना भएको प्रदेश संसदीय दलका सचेतक परमेश्वर साहले पुष्टि गरे ।‘साँसदहरुले आफ्ना समस्या राखे’ उनले भने, मन्त्रीहरुलेपनि आफ्ना बाध्यता राखेका थिए । संयोजक भण्डारीले गठबन्धनको बाध्यता र मर्म अनुसार अगाडि बढनुपर्ने सुझाव दिएका थिए । 

 

बुधवार भएको पार्टीको विस्तारित बैठकमा समेत सरकारको आलोचना भएको हो ।बैठकमा पार्टी महाधिवेशन, सदस्यता वितरण लगायतको विषयमा भन्दा सरकारमा रहेका मन्त्रीहरुको कृयाकलाप सन्तोषजनक नरहेको भन्दै आलोचना गरिएको थियो । आजको जनकपुर टुडेमा समाचार छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस