• २०७६ जेठ १३ गते, सोमबार
०७:०४ pm

मधेशका मुख्यमन्त्री राउतकै अगाडी निर्देशक पूजाकी काली रुप, मुख्यमन्त्रीको बोलती बन्द !

महिला निर्देशक भएकै कारण ब्याकवार्ड गरेको भन्दै मुख्यमन्त्री राउत उपर पनि खनिएकी थिइन् ।


न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतकै अगाडी एक महिला निर्देशकले रिसाएर तामासा बनाएपछि मुख्यमन्त्रीको बोलती बन्द भयो । 

 

जनकपुरमा जारी प्रदेशस्तरीय नाटक एवम् चलचित्र महोत्सवको क्रममा अन्तिम दिन बुधबार मैथिली भाषाको फिल्म दहेजक पीडा (दाईको पीडा) को निर्देशक, रँगकर्मी, कलाकार पूजा पासवानले मुख्यमन्त्री राउतलाई बेटी पढाउ, बेटी बचाउ अभियान नौटंकी मात्र भएको आरोप लगाइन् ।

 

बुधबार महोत्सवको अन्तिम दिन प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत प्रमुख अतिथि रहेको बेला निर्देशक पासवानले आफ्नो फिल्मलाई प्रदर्शनको लागि मौका नदिएको भन्दै उनले रकमकै चलखेलको कारण तथा महिला निर्देशक भएकै कारण ब्याकवार्ड गरेको भन्दै मुख्यमन्त्री राउत उपर पनि खनिएकी थिइन् ।

 

काँखे बच्चालाई बोकेर निर्देशक पूजा पासवानले विगत ४ दिनदेखि आफूद्धारा निर्देशित फिल्म दहेजक पीडा चलचित्र साँस्कृतिक महोत्सवमा स्थान दिन धाएपनि आयोजकले उनलाई वास्ता नगरेपछि निर्देशक पासवानले मुख्यमन्त्रीकै अगाडी उपस्थित सयौँ दर्शक अगाडी वितण्डा मच्चाएकी थिइन् ।

 

निर्देशक पासवानले मुख्यमन्त्रीले बेटी बचाउ बेटी पढाउ अभियान नौटंकी मात्र रहेको आरोप लगाउँदै आफू बेटी जाती भएकै कारण आफूद्धारा निर्देशित पहिलो फिल्म दहेजक पीडा प्रदर्शनको लागि नामाँकन गराएपनि चलचित्र प्रदर्शन नगरिदिएको आरोप पूजाले लगाइन् ।

 

उनले आयोजक टिमले रकमको चलखेलमा आफ्नो फिल्मलाई ब्याक गरेको आरोप लगाइन । यता, पूजाले मँचमै गएर रुवाबासी तथा वितण्डा मच्चाएपछि मुख्यमन्त्री राउतले आयोजकलाई तुरुन्त पूजाद्धारा निर्देशित फिल्म प्रर्दशन गर्नको लागि निर्देशन दिएका थिए । मुख्यमन्त्रीको निर्देशनपछि उनको फिल्म प्रदर्शन गरिएको थियो । 


यता, आयोजक टिमले भने प्राविधिक गडबडीका कारण दिएको समयमा उनको फिल्म प्रर्दशन गर्न नसकेको स्पष्टोक्ति दिएको थियो । प्राविधिक गडबडी भएको भए मुख्यमन्त्रीको निर्देशन पश्चात मात्र उनको फिल्म प्रदर्शन हुनुमा पनि शंका व्यक्त गरियो । प्राविधिक गडबडी नै भएको भए निर्देशकको वितण्डा र मुख्यमन्त्रीको निर्देशनपछि पनि फिल्म प्रदर्शन हुने थिएनन् तर निर्देशनपछि उनको फिल्म प्रदर्शन भएपछि कुनै प्राविधिक गडबडी नभएर मनसाय नै गडबड देखियो बुझियो । 

 

आयोजकको तर्फबाट उपेन्द्र भगत नागवंशीले आफूहरु कुनै आर्थिक चलखेलमा लागेर उनको फिल्म प्रदर्शन नगरेकोप्रति आपत्ति जनाउँदै यस्ता तथ्यलाई प्रमाणित गर्न खुल्ला चुनौति पनि दिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस