• २०७६ जेठ १३ गते, सोमबार
०८:१० pm

सिरहा : सांसद श्रेष्ठद्धारा योग भवन शिलान्यास, निर्माणका लागि एकदिनमै ३ लाखबढी !

स्वस्थ रहन र शरीर फूर्तिलो बनाउन योग सञ्जिवनी सावित हुन थालेपछि योगाप्रति मान्छेको क्रेज बढेको छ ।

न्यूज ब्यूरो, सिरहा । पछिल्लो समय योगाप्रति आकर्षण बढ्दो छ । तीव्रताका साथ योगा अभियान विस्तार भइरहँदा सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरमा योग भवन निर्माण हुने भएको छ । निर्माण हुने योग भवनको (आज) मंगलबार एक समारोहबीच सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद लिलानाथ श्रेष्ठद्धारा विधिवत् रुपमा शिलान्यास गरिएको छ ।

 

१ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा नियमित योग गर्नका लागि भवन निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको सो भवनका लागि स्थानीय स्व. बिकन महतो र बिल्टिनिया देवी महतोले १ कठ्ठा जग्गा दान गरेका छन् ।

 

स्थानीय दाताहरुकै आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनका लागि सहयोगीहरुले उत्तिकै हात अघि बढाएका छन् । कार्यक्रममै धेरैजना दाताहरुबाट आज ३ लाख ४० हजार रुपैयाँ संकलन गरिएको पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहले जनाए । केहीले भने भौतिक समाग्री सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

 

भवन निर्माणका लागि अनुमानित ४० लाखबढी रुपैयाँ लाग्ने आकलन गरिएको छ । निर्माण हुन लागेको भवनको निर्माणको काम चाँडै नै सकाउने निर्माण समितिको लक्ष्य छ । 

 

कार्यक्रममा वक्ताहरुले परम्परागत उपचार पद्धतिका रुपमा वैकल्पिक चिकित्साको महत्व रहेको र योगले समाजलाई हरेक दृष्टिकोणबाट विकासको दिसामा लैजाने विश्वास व्यक्त गरे ।

 

स्वस्थ रहन र शरीर फूर्तिलो बनाउन योग सञ्जिवनी सावित हुन थालेपछि योगाप्रति मान्छेको क्रेज बढेको छ ।

 

पतञ्जली योग समिति मिर्चैयाको सहकार्य तथा वडा योग समितिको आयोजनमा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय सांसद लिलानाथ श्रेष्ठ सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा पतञ्जलीका जिल्ला अध्यक्ष विपी चौधरी सहभागी थिए ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस