राजपुर नपाको सम्पूर्ण कच्ची बाटो आफ्नै कार्यकालमा पिच गराउँछु : मेयर सकिल 

चुनावका बखत जनतालाई दिएको वचन पूरा गर्न आफू अहोरात्र खटिरहेको बताए ।

२०७६ बैशाख २ सोमबार
दिउसो १:३४ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर नगरपालिकाका मेयर मो. सकिल अख्तरले आफ्नो नगरपालिकालाई बिकासको नमुना नगरपालिका बनाउने बताएका छन् । सोमबार पिप्रा भगवान चोकदेखि पिप्रा गाउँसम्म निर्माण हुने  १५० मिटर लामो पिच सडकको शिलान्यास गर्दै मेयर सकिलले आफ्नो कार्यकालमा नगरपालिकाको सम्पुर्ण कच्ची बाटो पिच गराउने प्रतिबद्धता जाहेर गरेका हुन् ।

 

चुनाब लडेको बेला आफुले जनतालाइ दिएको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न अहोरात्र खटिरहेको बताए । मेयर सकिलले केही दिन मै बैरिया देखि पानी टन्की जाने बाटो शिलान्यास भइ निर्माण कार्य अघि बढ्ने जानकारी समेत  दिए ।

 

मेयर सकिलले भन्नेले जे सुकै भनोस म जनताको मर्म र मागलाइ सुनी जनताको सेवाको लागि दिन रात एक गरि खटेको र खटिरहने प्रतिबदता समेत जाहेर गरे।कार्यक्रममा सोही वडा न १ को अध्यक्ष शेख अमिरुलाहले पनि वडा र नगरको बिकास नै आफ्नो मुख्य एजेन्डा रहेको बताए । अमिरुलाहले जनता कै आशीर्वादले आफू अध्यक्ष बनेकोले उहाँहरुको निर्देशन मान्दै बिकासको गति तेज गरेको बताए ।

 

कार्यक्रममा स्थानीय समाजसेवि लालबाबु जयसवाल ,राजपुर नगरपालिकाका नायब सुब्बा बैजु ठाकुर ,जनस्वास्थ्य अधिकृत मो. कहफुल, कमप्युटर अपरेटर हरेन्द्र साह सहित सयकडौ बुधिजिबी ,भद्रभलादमीको उपस्थिति रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ बैशाख २ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }