• २०७६ असार १० गते, मंगलबार
११:१८ pm

प्रदेश साँसद यादवद्धारा चन्द्रोदय पुस्तकालयको शिलान्यास 

शिलान्यास गरिएको पूस्तकालयमा विभिन्न क्याटेगोरीका पुस्तकहरु राखिनेछ ।


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेहनगरपालिकाको बफैमा एक कार्यक्रमबीच चन्द्रोदय पुस्तकालय भवनको शिलान्यास गरिएको छ । 


धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचिन साँसद राम अशिष यादवले ऐतिहासिक चन्द्रोदय पुस्तकालय भवनको एक समारोहबीच शिलान्यास गरेका हुन् । नयाँ वर्ष २०७६ को अवसर पारेर आईतबार प्रदेश साँसद एवम् समाजसेवी समेत रहेका यादवले शैक्षिक, बौद्धिक र सभ्य समाजको निर्माणको श्रोत रहेको बफै गाउँमा उक्त पुस्तकालयको शिलान्यास गरिएको हो । 


प्रदेश सरकारको सहयोगमा २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त पुस्तकालयको शिलान्यस समारोहमा नगरका मेयर बेचन दास, वडाध्यक्ष राजकिशोर मण्डल, पुस्तकालयका अध्यक्ष युगेश्वर, समाजसेवी ईन्जिनीयर सूर्यनारायण मण्डल, पूर्व साँसद फरमूद नदाफ, युवा नेता शम्भु मण्डल, बरुण शर्मा, उमेश निराला सहित स्थानीय सर्वपक्षिय सहभागीता रहेको थियो । 

 

 

गँगासागर सफाई अभियानी, क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी समेत रहेको प्रदेश साँसद यादवले आफ्नो क्षेत्रको विभिन्न ठाउँमा समुदायिक विकासको लागि बजेट विनियोजन गरी विकासलाई तीव्रता दिएका हुन् । शिलान्यास गरिएको पूस्तकालयमा विभिन्न क्याटेगोरीका पुस्तकहरु राखिनेछ । जसबाट स्थानीयहरुले ज्ञान युगमा प्रत्यक्ष फाईद लिन सकिने छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस