• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:०४ am

क्षीरेश्वरका मेयर पँजियारद्धारा विद्यालय भवनको शिलान्यास


न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियार एक समुदायिक विद्यालयको भवन शिलान्यास गरिएको छ । 


क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको मावि दिगम्बरपुरमा ४ कोठे भवन निर्माणको लागि आज एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । नगरस्तरिय योजनाबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरी विद्यालयमा भौतिक पूर्वाधारको कारण शिक्षामा कठिनाइ  नपुगोस भन्ने  उदेश्यले बालबालिकाहरुको लागि भवन शिलान्यास गरेका हुन् ।


सो कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष अशेश्वर महतो, विद्यालय व्यस्थापन समिती अध्यक्ष किसुन देव महतो,  प्रअ सनपत महतो लगायत बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस