धनुषाको ढल्केवरमा सर्वोच्चको आदेश विरुद्ध मधेशी समाजको प्रदर्शन

विरोध प्रदर्शनको लागि फोरम नेपालकै युवा नेता राम नरेश महतोले अगुवाई गरेका थिए ।

२०७६ बैशाख १ आइतबार
रति ८:३० बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, धनुषा ।  सर्वोच्च अदालतले जन्मसिद्ध नेपालीका सन्तानलाई वंशजको नागरिकता नदिन गरेको आदेशको विरोधमा नागरिकता पीडित मधेशी समाजले धनुषाको ढल्केवरमा विरोध प्रदर्शन गरेका छन् । 

 

अदालतको निर्णय मधेसविरोधी भएको भन्दै  नागरिकता पीडित मधेशी समाजले सर्वोच्चले वंशजको नागरिकता जारी नगर्न गृह मन्त्रालयको नाममा जारी गरेको आदेशको प्रतिलिपि जलाएको छ। सर्वोच्चको आदेश विरोधमा आईतबार दिउँसो  मिथिला नगरपालिकाको ढल्केवर चोकमै जिल्लास्तरीय नेताहरुको उपस्थितिमा आदेशपत्र जलाइएको हो । 

 

संघीय समाजवादी फोरम नेपाल धनुषाका जिल्ला अध्यक्ष चन्देश्वर महतोको नेतृत्वमा ढल्केवरको विभिन्न भागमा रयाली प्रदर्शन गर्दै चोकमा आएर कोणसभामा परिणत भएको थियो ।  उनीहरुले अदालतको निर्णयविरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।


अध्यक्ष महतोले नेपालको कानुन बुझी नसक्नु भएको प्रतिक्रिया दिएका छन्। उनले सर्वोच्च अदालतकै निर्णयबाट जन्मसिद्ध नेपालीका सन्तानलाई वंशजका आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण गरिरहेका बेला फेरि उसले नै कार्यान्वयन नगर्न जारी गरेको आदेशबाट सर्वोच्च अदालतको दोहोरो चरित्र प्रष्ट भएको आरोप लगाए ्र


2०६३ मा जन्मका आधारमा नागरिकता लिएका नेपालीका सन्तानलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनी संविधानमै लेखिए पनि मधेसविरोधी मानसिकता बोकेका केही अधिवक्ताले मधेसी युवालाई नागरिकताविहीन बनाउने र देशमा द्वन्द्व बिजारोपण गर्न खोजेको अध्यक्ष महतोले आरोप लगाए ।

 
विरोध प्रदर्शनको लागि फोरम नेपालकै युवा नेता राम नरेश महतोले अगुवाई गरेका थिए । सो कार्यक्रममा मिथिला नगरपालिका फोरम नेपालका नगर अध्यक्ष विजेन्द्र महतोले 
अदालतको निर्णय सच्याउनुपर्ने धारणा राख्दै मन्त्रीपरिषद्को निर्णयलाई समेत अदालतले अंकुश लगाएको भन्दै खेद प्रकट गरे । विरोध प्रदर्शनमा सयौं कार्यकर्ताहरु सहित युवा, महिला, जेष्ठ नागरिकहरुले अदालतको निर्णय विरुद्ध समर्थन जनाएका थिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ बैशाख १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus