• २०७६ असार १० गते, मंगलबार
११:१८ pm

धनुषामा विङ्गरको ठक्करबाट बाबूछोराको घटनास्थलमै मृत्यू !

विँगर प्रहरीको नियन्त्रणमा रहेको छ भने विंगर चालक फरार भएका छन् । चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


न्यूज ब्यूरो, धनुषा । धनुषामा विंगरले ठक्कर दिंदा बाबू र छोराको घटनास्थलमै मृत्यू भएको छ । 

 

धनुषाको धनुषाधाम नगरपालिका धारापानी स्थिति पूर्व पश्चित राजमार्ग अन्तर्गत मोटरसाईकलमा सवार बाबू छोरालाई विँगरले ठक्कर दिएपछि दुवै जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 


पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना १ ख ८४३२ विङ्गरले बाबूछोरा सबार बा ७१ प १९६३ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा विभत्स दुर्घटना भएको हो । मृत्यू हुनेमा सिरहाको लहान नगरपालिकाका वर्ष ३० का श्याम चौधरी र उनकै छोरा ११ बर्षिय अमन चौधरीको ज्यान गएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिएका छन् ।


यता, विँगर प्रहरीको नियन्त्रणमा रहेको छ भने विंगर चालक फरार भएका छन् । चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस