• २०७६ असार १० गते, मंगलबार
११:२४ pm

'बैशाख '१ गते' मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ? हेर्नुहोस् ।

रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै मौलाउँदै जान्छ।


न्यूज ब्यूरो, सिरहा ।  पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ। ‘सलहेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर९मन्दिर०संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै छ।


माला आकारको सेतो फूलको थुँगाजस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय बनेको छ। त्यो रुख केको हो र कसरी यतिका वर्षसम्म बाँचिरहेको छ भन्ने खोजको विषय बनेको छ। वनस्पतिविदका अनुसार छैटौं–सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।

 

त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्यो।

राजा सलहेस को थिए, कसरी एउटा दुसाध ९दलित० जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती छ। छैटौं–सातौं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ। 

 

त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवर्द्धन ९सलहेस० को जन्म भएको थियो। उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए। सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्यो।

 

भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगना गढ ९हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ० का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए। भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने।


सहलेस गणपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए। पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ।

 

मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन्।

राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ।लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारका रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै मौलाउँदै जान्छ।


अच्चमको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य मानिस आउने र मेला भर्ने गर्छन्। किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन्। साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ। मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन्।


सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतीले बताए। यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन्। राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ गाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ।


मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको सम्वर्द्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाई छ। राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्ने नेपाल पत्रकार महाङ्घ धनुषाका अध्यक्ष अनिल मिश्र बताउँछन्।’

 

समाचार स्रोत : जनकपुरटुडे

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस