• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:०३ am

डा. सिके राउतले सम्बोधन गर्ने विशाल जनसभाको यस्तो छ तयारी !

मधेश आन्दोलनको उद्गम स्थल सिरहा भएकाले सिरहाबाटै पार्टीको श्रीगणेश गर्न लागिएको हो ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा शनिबार (भोलि) हुन लागेको डा. सिके राउत नेतृत्वको नव गठित जनमत पार्टीको विशाल जनसभाको तयारी पूरा भएको छ । जनसभालाई सम्बोधन गर्न डा. राउत शनिवार १२ बजे मिर्चैया आउन लागेको हो ।

 

नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा अवतरण गरेका डा. राउतले सम्बोधन गर्ने प्रथम विशाल जनसभाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।

 

डा. सिके राउतले सम्बोधन गर्ने उक्त जनसभामा ठूलो संख्यामा जनता तथा समर्थक आराल्ने लक्ष्य बमोजिम पूर्ण व्यवस्थापन गरिएको जनसभा व्यवस्थापन समितिका सँयोजक निर्मल मण्डलले जानकारी दिए । उनले भने, ‘ठूलो संख्यामा समर्थकहरु सहभागी हुँदैछन्, जनसभाका लागि चाहिने आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं, जारी पनि छ ।’ सँयोजक मण्डलले थपे, ‘समर्थक भड्कियो भनेर हल्ला फिजाउनेहरुलाई सरप्राईज दिन्छौं भोली ।’

 

शनिवार चैत्त ३० गते मिर्चैयास्थित मोहन उमाविको प्राँगनमा हुन लागेको सभाका लागि विशाल पण्डाल बनाइएको छ भने ठाउँ–ठाउँमा स्वागत तथा प्रवेशद्धार निर्माण गरिएको छ । 

 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा १० लाख बढी जनमत एकग्रह गरेर आफ्नो मिसन अगाडी बढाउने बुझिएको छ ।

 

जनमत पार्टी गठनपछि पार्टीको विस्तारका लागि सिरहाबाट जनसभा सुरुवात गर्ने कार्यक्रम तय भएलगत्तै प्रचार–प्रसार एवं तयारी तीव्र पारिएको थियो ।  

 

नेपाल सरकारबीच ११ बुँदे सहमतिपछि सिरहाको लहानमा दुई दिनसम्म बैठक गरी स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. राउतले जनमत पार्टी गठन गरेका थिए । उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय पनि गरेको थियो । 

 

तर, प्रथम जनसभा भने सिरहाबाट सुरुवात गर्ने तय गरिएको थियो । मधेश आन्दोलनको उद्गम स्थल सिरहा भएकाले सिरहाबाटै पार्टीको श्रीगणेश गर्न लागिएको हो ।

 

 

स्वतन्त्र मधेश गठबन्धनले नेपाल सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारासहित अघि बढेको छ । 

 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा १० लाख बढी जनमत एकग्रह गरेर आफ्नो मिसन अगाडी बढाउने बुझिएको छ ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस