जनकपुर : २०० किलो कालो मरिच सहित ३ तस्कर पक्राउ

सिमानाकाका प्रहरी चौकीहरूले चेक पोईन्ट थापेर बस्दा पनि तस्करहरू प्रहरीको साठगाँठमा तस्करी बढदै गएको छ ।

२०७५ चैत २८ बिहीबार
बेलुकी ६:५९ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २०० किलो कालो मरिच सहित ३ जनालाई पक्राउ गरेको छ । 

 
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ बाट २०० किलो मरिच नेपालबाट भारतको लागी लैजादै गरेको अवस्थामा समातिएको हो ।  २५ किलोको ८ ओटा बोरामा राखिएको उक्त परिमाणको कालो मरिच प्रहरीले बरामद गरेको जनाउँदै तस्करहरू प्रहरीलाई देख्ने बित्तिकै मरिचको बोरा फालेर भागेको हुन सकिने प्रहरीको भनाई छ । मरिचको बोराहरु वेवारिसे अवस्थामा फालिएको थियो जब प्रहरी त्यहाँ पुगेको थियो । 


जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवम् प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार, लुकाई छिपाई भारत तर्फ लगिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको विशेष टोलीले धनुषाको धनौजी गाँउपालिका वडा नं. ४ बाट कालो मरिच बरामद गरेको हो । 


यसका साथै त्यही स्थानबाट अबैध स्याउ सहित अबैध स्याउ बोकेका गाडी सहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. बेंगाशिवपुर बस्ने गाडी चालक प्रविण ठाकुर र तस्कर स्याउ धनि धनुषाकै विदेह नगरपालिका वडा नं. ९ बस्ने सुरेन्द्र राई रहेका छन् ।

 

नेपाल देखि भारत तर्फ लगिरहेको अबैध १ सय ७० काटुन स्याउ र ज १ च १६६९ नम्वरको मालबाहक बोलेरो पिकअप नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) कार्किले जनाए । 

 

त्यस्तै अबैद्य गुटखा सहित समेत एक जनालाई जनकपुरबाटै पक्राउ गरेका छन् ।  भारतबाट जनकपुरधामा तस्करी गर्दै ल्याएर जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित लालबाबु साहको घरमा रहेको गोदाममा अबैध गुट्खा स्टोर गरेर राखेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष टोलिले छापा हानेर ९ बोरा २३ प्याकेट गुटखा र तस्करी गरेर राख्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने सिया शरण साहलाई नियन्त्रणमा लिएका हुन् ।

 

प्रहरीका अनुसार,  बरामद भएको स्याउ,मरिच र गुट्खा भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ भने पक्राउ परेका ३ नै जना माथि थप अनुसन्धान भईरहेको छ ।  सिमानाकामा प्रहरी चौकी हुनुका साथै सिमानाकाका प्रहरी चौकीहरूले चेक पोईन्ट थापेर बस्दा पनि तस्करहरू प्रहरीको साठगाँठमा तस्करी बढदै गएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ चैत २८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus