• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:५९ am

सप्तरीमा पहिलो पटक 'लोहजारा ठाकुर बाबा दह महोत्सव' हुँदै

प्रथम पटक नै हुन लागेको सो महोत्सव अति आकर्षक र ऐतिहासिक हुने आयोजकको तर्फबाट देवानन्द मेहताले दाबी गरे । 


न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को धार्मिक एवम् रमनीय ठाउँ भनेर चिनिने सप्तरीमा प्रथम पटक लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रदर्शनी हुने भएको छ । 

 

धार्मिक एवम् पर्यटकीय हिसाबले समेत धनी मानिएको सप्तरीमा हुन लागेको यस महोत्सवको लागि तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं.  ५ लोहजारा दह स्थित उक्त महोत्सवको आयोजना गरिएको आयोजक समितिका देवानन्द मेहताले जानकारी दिए । 

 

मेहताका अनुसार, प्रथम पटक आयोजना हुन लागेको लोहजारा ठाकुर बाबा दह महोत्सवमा भव्य साँस्कृतिक कार्यक्रम, फुड फेस्टिवलसँगे प्रसिद्ध लोहजारा ठाकुर बाबा दहमा बोटिंगको साथै सामुहिक वनभोजको समेत व्यवस्था गरिने छ ।  

 

आउँदो बैशाख  १ गते विहान ११ बजेदेखि महोत्सवको विधिवत उदघाटन हुने जनाइएको छ । आयोजकका अनुसार, महोत्सवको क्रममा उद्घाटन प्रदेश नं. २ का विभिन्न मन्त्रीहरुले गर्ने कार्यक्रम तय गरिएको छ भने कृषि प्रर्दशनी मेला, जनकपुरधामको गायक गायिकाहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम तथा नृत्य र राजविराजको गायक, गायिकाहरुको गित प्रस्तुती रहने जनाइएको छ । सो कार्यक्रमको दौरान सहयोग गर्ने व्यक्तिहरु र सँस्थाहरुलाई टोकन अफ लभ र कदर पत्र प्रदान गर्ने कार्यक्रम तय गरेको हो । 

 

सो महोत्सवको क्रममा आयोजन हुने कृषि प्रर्दशनीमा उतकृष्ट ल्याउनेलाई सम्मान कार्यक्रम सहित अन्य थप कार्यक्रमहरुको आयोजना हुने आयोजक समितिले जनाएको छ । प्रथम पटक नै हुन लागेको सो महोत्सव अति आकर्षक र ऐतिहासिक हुने आयोजकको तर्फबाट देवानन्द मेहताले दाबी गरे । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस