• २०७६ असार १० गते, मंगलबार
११:१८ pm

मलेसियाबाटै यादवको 'गोरी चान्द सन मुखडा अहाँके' बजारमा आउँदै

उनीहरूकै माझमा विभिन्न ठाउँमा आफ्ना कला संस्कृति झल्काउने खालको कार्यक्रम गरिरहेको हुन्छ ।


न्यूज ब्यूरो, मलेसिया । विभिन्न सर्ट फिल्महरुमा काम गरेका अभिनेता श्याम यादवद्धारा अभिनित मैथिली भर्सनको गीत गोरी चान्द सन मुखरा अहाँके शिघ्र नै बजारमा आउने भएको छ । 


प्रदेश नं. २ कै सिरहाको नरहा गाउँपालिका वडा नं. ३ बस्ने यादवले अभिनय गरेको मैथिली गीत गोरी चान्द सन मुखरा अहाके  बोलको गीत छिट्टै बजारमा आउन लागेको जनाइएको छ । 

 

गीतको अधिकांश दृश्य मलेसियाको क्वालालाम्पुरमा सुटिङ गरिएको छ । उक्त गीत धिरेन्द्र पासवान सुर्या  द्वारा निर्देशित संजय रामले आफ्नो स्वरले सजाएको छ भने श्याम यादव र खुसी पाखरिङ्गले आफ्ना अभिनय प्रस्तुत गरेको छ । यो गीत पहिलेनै अडियोमा आएसके पनि भिडियो आएको थिएनन् ।

 

गीतमा अभियान गर्ने कलाकार श्याम यादव विगत डेढ दशकदेखी रोजगारको सिलसिलामा मलेसियामा रहेर मैथिली कला संस्कृतिको आफ्ना अभिनय मार्फत उजागर गर्दै आएको छ । मलेसियामा सात आठ लाख नेपाली कार्यरत छन्  उनीहरूकै माझमा विभिन्न ठाउँमा आफ्ना कला संस्कृति झल्काउने खालको कार्यक्रम गरिरहेको हुन्छ ।

 

यस्तै, यादवद्धारा नै अभिनित भिडियो गीत तिमि हौ मेरो मनको राजा, तिमि बिना मेरो जीवन आधा भन्ने बोलको गीत आउँदो शनिबार रिलिज गर्न लागेका हुन् । यो गीतमा धीरेन्द्र पासवान सौर्यले निर्देशन गरेका छन् भने गीतको रचना सरोज मुखियाले गरेका छन्  । यो गीतमा सुन्दर सुरतिया यादवको स्वर गाँसिएको छ भने श्याम यादव र लक्ष्मी थापाले मूर्तरुप दिएका छन् । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस