• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:४९ am

सप्तरीकी सदाईले दिईन एकैपटक ३ बच्चाको जन्म !

तीनै बच्चाको स्वास्थ्य समेत ठीक रहेको कुशवाहाले चिकित्सकलाई उदृत गर्दै जानकारी दिएका छन् ।


न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी बस्ने एक महिलाले एकैपटक ३ बच्चा (तिमिल्स्याहा) को जन्म दिएकी छन् । 

 

सप्तरीको खडक नगरपालिका वडा नं. २ बेल्ही टोल बस्ने रबिन सदाईकी श्रीमति श्याम कुमारी सदाईले एकैपटक ३ बच्चालाई जन्म दिएकी छन् । उनलाई नर्मल डेलिभरी अर्थात समान्य रुपमा विना अपरेशनको तीनटै बच्चालाई जन्म दिएकी हुन् । 

 

सप्तरीबाट सिरहाको लहान स्थित रहेको कामना नर्सिंग होममा व्यथा लागेपछि आएकी सदाईले बुधबार विहान ८ बजे नै तीन बच्चाको सकुशल जन्म दिएकी हुन् । तीनै बच्चा छोरा हुन् । ३ बच्चालाई जन्म दिएकी श्याम कुमारी सदाईको स्वास्थ्य पनि समान्य रहेको अस्पतालको एक चिकित्सकलाई उदृत गर्दै लहानबाट अस्पतालका सँचालक रोशन कुशवाहाले जानकारी दिएका छन् ।

 

कुशवाहाका अनुसार, श्याम कुमारीले तीन बच्चालाई एकैपटक जन्म दिएपछि नर्सिंग होममा विरामी कुरुवा सहित बाहिरबाट पनि हेर्नेहरुको भीड लागेको थियो । तीनै बच्चाको स्वास्थ्य समेत ठीक रहेको अस्पतालका सँचालक कुशवाहाले चिकित्सकलाई उदृत गर्दै जानकारी दिएका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस