जन्मदिन र वैवाहिक वर्षगाठ एक-एक रुख रोपेर मनाऔं : राज्यमन्त्री मण्डल 

बिरुवा रोपेर मनाए भने विना खर्च यो प्रदेश हरियाली प्रदेशको रुपमा विकसित हुने विश्वास लिए ।

२०७५ चैत २८ बिहीबार
बिहान ०८:५८ बजे

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग,पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मन्डलले जन्मदिन मनाउँदा रुख बिरुवा रोपेर मनाउन आग्रह गरेका छन् ।

 

जिल्ला वन कार्यालय सिरहाको आयोजनामा लहानमा भएको डस्ट विन वितरण कार्यक्रममा मन्त्री सुरेश मण्डलले यस्तो आग्रह गर्दै वातावरण संरक्षणमा विशेष जोड दिन सबैलाई आह्वान गरेको छ ।

 

कार्यक्रममा राज्यमन्त्री मण्डलले लहानस्थित राउमु स्मारक अस्पतालमा डस्ट विन समेत वितरण गरेका छन् ।

 

अस्पतालको अनुगमन र सरसफाइ पश्चात् मन्त्री मन्डलद्वारा वितरण गरिएको डस्टविन सहि रुपमा प्रयोगमा ल्याउन अस्पतालका मेसु सुनिल कुशवाहालाई आग्रह गरे ।

 

उनले भने, 'सरसफाई अस्पतालको लागि अति नै महत्वपुर्ण हुने हुँदा फोहोर डस्टविनमा फाल्नुपर्ने बानीको बिकास गर्न अस्पतालमा उपचाररत आउने रोगी र कुरुवाहरुमा चेतना हुनु अति आवश्यक छ ।'

 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ मा जम्मा ५५ लाख जनसंख्या रहेको र सबैले आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठमा एक एक बिरुवा रोपेर मनाए भने विना खर्च यो प्रदेश हरियाली प्रदेशको रुपमा विकसित हुने विश्वास लिए ।

 

कार्यक्रममा डिभिजन वन अधिकृत उपेन्द्र प्रशाद पटेल, सहायक वन अधिकृतहरु अमरेन्द्र प्रशाद यादव, राजकुमार ठाकुर, राम भगत यादव, विरेन्द्र कुमार यादव, रेन्जर किशोर कुमार चौधरी, राजपा नेपालका केन्द्रिय सदस्य किशोरी यादव, राकेश झा, लाहान नगर अध्यक्ष शत्रुधन मन्डल, प्रेस मञ्च नेपालका केन्द्रिय सचीव विरेन्द्र (विरु) यादव, केन्द्रीय सदस्य गोपाल गुप्ता, राजपाका युवा नेता मनोज (मन्जे) यादव, समाजवादी फोरमका नगर अध्यक्ष दिनेश महतो लगायतको सहभागिता थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ चैत २८ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus