• २०७६ असार ४ गते, बुधबार
०३:०२ pm

विद्यार्थीहरुको दुई समूहबिच रड हानाहान हुँदा दर्जनौं घाइते, परीक्षा पनि स्थगित !

उनलाई टाउकोमा  रडको गम्भीर प्रहारले गिद्दिमा रगत जमेको डाक्टरको भनाई छ ।


न्यूज ब्यूरो । बँगलादेशको ढाका स्थित शेरे बेङ्ला कृषि विश्वविद्यालय  मा दुई समूह बिच झडप हुँदा दर्जनौ विद्यार्थी घाईते भएका छन् । 


त्यसमध्ये एकको अवस्था गम्भीर रहेको छ । ती विश्वविद्यालयमा उत्तर समूह र माईमनसिंह भन्ने दुई समूहबीच  मँगलबार राती करिब ९ बजे देखि सुरु भएको समान्य भनाभनबाट राती करिब २ बजेतिर विवाद उग्र भएपछि  दुवै समूह बिच रड तथा ईटा हानाहान भएको थियो ।

 

झडपमा परी उत्तर समूहको आरिफ लाबीब मुमीमलाई गम्भिर चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ । उनलाई टाउकोमा  रडको गम्भीर प्रहारले गिद्दिमा रगत जमेको डाक्टरको भनाई छ । यता,  घाइतेहरुको उपचार सरबरदि मेडिकल कलेजमा भईरहेको छ ।

 

उत्तर समूहले विश्वविद्यालयमा रहेको बाङ्लादेशका सत्तारूढ दल अवामी लिगका भातृ संगठन बाङ्लादेश छात्रलिगका समिति भङ गर्ने उद्देश्य झगडा उत्पन्न गरेको छात्रलिगका नेताहरुको आरोप रहेको छ ।

 

झगडा कसरी र केका लागि भएको हो भने रहस्य अहिलेसम्म खुल्न सकेको छैन । यता घटनाको सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा कारवाही गर्न विश्वविद्यालयका प्रशासनले छानबिन समिति गठन गरेको विश्वविद्यालयका सहायक उपकुलपति प्रा. डा.  सिकिन्दर अलिले जानकारि दिए ।

 

साथै विश्वविद्यालयमा हुने सम्पुर्ण परिक्षा स्थगित गरिएको त्यहाँस्थित अध्ययनतर विद्यार्थी सुदीप कुमार शर्माले जानकारी दिएका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस