भारतको चुनाव : सीमावर्ती क्षेत्रमा नगद बोक्न कडाई, बढि बोके जफत !

सीमाक्षेत्रमा पुगेर फर्किने भारतीयहरुपनि सुरक्षाकर्मीहरुको कडा निगरानीमा रहेका छन् ।

२०७५ चैत २७ बुधबार
बिहान ०८:५६ बजे
न्यूज ब्यूरो | नेपाल
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय आमनिर्वाचनको कारण सीमावर्ती क्षेत्रमा नगद भारतीय रुपैया राख्न कडाई गरिएको छ । 

 

अत्यावश्यक सरसमान खरिद गर्न समेत १० हजार बढि रकम लिएर आउजाउ गर्न रोक लगाईएको छ । सुरक्षाकर्मीहरुले सीमा क्षेत्र र सीमावर्ती बजारहरुमा कडाईका साथ चेकजाँच गर्न थालेका छन् ।वैशाखमा हुने विहाबारीको सरसमान खरिद गर्न आउने नेपालीहरुसित १० हजार बढि नगद देखिए सुरक्षाकर्मीहरुले जफ्त गर्न थालेका छन् । 


मतदातालाई रिझाउन चुनावको क्रममा नेताहरुले करोडौ नगद वितरण गर्ने प्रवृति बढन थालेपछि सुरक्षाकर्मीहरुले नगद बोक्न कडाई गरेका हुन् । बिहावारीका लागि सरसमान खरिद गर्न नेपालीहरु भारतीय बजारमा जाने गर्छन् ।सुरक्षाकर्मीहरुले चुनावमा नगदको प्रभाव क मगर्न चेकजाँचलाई बढाएको छ । भारतीय चुनावमा सीमावर्ती क्षेत्रका नेपालीहरुको भूमिका समेत रहने गरेको छ । 

 

आफन्तहरुको लागि रकम वितरण गर्नेदेखि चुनाव प्रचार प्रसारमा नेपालीहरु सकृय रहने गरेका छन् । कमला पुलमा सिरहा जिल्लाका विजयकुमार यादवलाई सुरक्षाकर्मीहरुले चेकजाँचगर्दा फेला परेको ५१ हजार रुपैया जफ्त गरेको छ ।यादव जयनगरमा सरसमान खरिद गर्न आईरहेको बेला सुरक्षाकर्मीले उनको रुपैया सीमा क्षेत्रमा नै जफ्त गरे । 

 

लोकसभा चुनावको लागि सुरक्षा व्यवस्थालाई अत्यन्त सुदृढ बनाईएको छ ।सीमाक्षेत्रमा सुरक्षाकर्मीहरुले सवारी साधन र पैदल यात्रुहरुलाई समेत चेकजाँच गर्न थालेका छन् । आवश्यक कागजात नभएका नेपाली सवारी साधनहरु जफ्त गरिने अधिकारीहरुले जनाएका छन् । नेपालीहरुको मार्फत चुनावमा सवारी साधन र नगद प्रयोग हुन सक्ने संभावना रहेको अधिकारीहरुले बताएका छन् । 

 

सीमावर्ती भारतीय नेताहरुको नेपालको सीमा क्षेत्रमा पारिवारिक, जातिय सम्बन्ध रहेकाले भारतको चुनावमा नेपालीहरुको सकृयता हुने गरेको छ । सीमा क्षेत्रमा ‘उडनदस्ता’ परिचालित छन् ।उनीहरुले नेपाल भएर कालो धन लोकसभा चुनावमा लगानी हुन सक्ने अनुमान गरेका छन् ।गत चुनावमा पनि भारी परिमाणमा नगद जफ्त गरिएको थियो ।सीमाक्षेत्रमा पुगेर फर्किने भारतीयहरुपनि सुरक्षाकर्मीहरुको कडा निगरानीमा रहेका छन् ।

 

 आवश्यक कामका लागि भारतीय बजारमा आउने नेपालीहरुलाई सुरक्षा जाँचको नाउँमा अनावश्यक दुख दिन थालेको आरोप व्यवसायीहरुले लगाएका छन् । नगद बोक्न रोक लगाएपछि नेपालीहरुले भारतीय बजारमा जान कम गरेका छन् । 


वैशाखको प्रारम्भदेखि नै बिहाको लगन रहेको छ । विहाको तयारीका लागि नेपालीहरु भारतीय बजारमा किनमेल गर्न ठूलो संख्यामा जान थालेका छन् । आजको जनकपर टुडेमा समाचार प्रकाशित गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ चैत २७ बुधबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus