बाराको हावाहुरी क्षेत्रमा घर बनाउन किन सरकार कुर्दैछ नेपाली सेना ? 

सेनाले बनाएको टेन्ट प्रयाप्त नभएपनि पीडितहरुका लागि उपयोगी भएको छ ।

२०७५ चैत २६ मंगलबार
बिहान ०९:३६ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, बारा ।  बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित वस्तीहरुमा घर निर्माण गर्न नेपाली सेनाले सरकारी निर्देशन कुरेको छ ।

 

सरकारले सेनालाई घर बनाउन भनेपनि त्यसका लागि कार्य निर्देशिका उपलब्ध गराईएको छैन् । प्रभावित क्षेत्रको सोमवार अध्ययन गर्न आएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारले निर्देशिका उपलब्ध गराए लगतै कार्य प्रारम्भ गरिने बताए ।

 

‘ घर बनाउन निश्चित समय लाग्छ’ उनले भने, तर त्यसमा पनि सक्दो चाँडो निर्माण गरिने प्रयास हुन्छ । प्रदेश सरकारले पनि घर निर्माण गर्ने तत्परता देखाएको थियो ।तर केन्द्रिय सरकारले नै घर निर्माणको जिम्मेवारी सेनालाई दिएपछि प्रदेश सरकार सघाउने भएकोछ ।


नेपाल सरकारले घर निर्माणको जिम्मेवारी सेनालाई दिने बताईसकेको छ ।प्रधानसेनापति थापाले सक्दो चाँडो घ निर्माण गरिने बताए । उनले प्रभावित स्थलहरुको निरीक्षणको क्रममा प्रभावित व्यक्ति र जनप्रतिनिधिहरु लगायतसित छलफल गरेका थिए ।

 

सेनाले प्रभावित क्षेत्रमा अस्थायी टेन्ट बनाएको छ । सेनाले बनाएको टेन्ट प्रयाप्त नभएपनि पीडितहरुका लागि उपयोगी भएको छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारले प्राधिकरण गठन गरेर घर निर्माणमा सहयोग गर्ने जनाएको छ ।प्रदेश सरकारले चार महिनामा प्रि फैव घर निर्माण गर्ने निर्णय गरेको थियो । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ चैत २६ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }