मोनाष्टिकमा लागू औषध दुव्र्यसनी विरुद्ध बोले वक्ताहरु 

उनले रयाली, जनचेतनामूलक कार्यक्रम गरी कुलतमा फँसेका युवाहरुलाई पुनः जागृत गर्नुपर्नेमा जोड दिए । 

२०७५ चैत २४ आइतबार
बिहान ०९:३५ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । दिनानुदिन बढदै गएको लागू औषध दुव्र्यसनी विरुद्ध जनकपुरका अगुवाहरुले आवाज उठाएका छन् । 

 

जनकपुरको मोनाष्टिक स्कूलमा शनिबार आयोजना गरिएको लागू पदार्थ दुव्र्यसन सम्बन्धी युवा अभिमुखिकरण गोष्ठी कार्यक्रममा सरोकारबालाहरुले किशोरहरुमा देखिएको लागू औषधप्रतिको नाकारात्म बानीलाई चेतनामा परिणत गर्नुपर्ने बताएका छन् । 

 

गैर सरकारी समाजिक सँस्था मिथिला समाज उत्थान केन्द्रद्धारा आयोजना गरिएको उक्त गोष्ठी कार्यक्रममा बोल्दै वक्ताहरुले धनुषा, महोत्तरी लगायतका अधिकांश किशोरहरु लागू पदार्थ दुव्र्यसनमा तथाहिन फँस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई निराकरणको लागि आ आफ्नो स्तरबाट सबैले अभियान थाल्नुपर्ने बताएका थिए । 

 

मिथिला समाज उत्थान केन्द्रका अध्यक्ष जगदिश चौधरीको अध्यक्षता एवम् प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त गोष्ठि कार्यक्रममा लागू पदार्थको ट्रान्जिट प्वाइन्ट बन्दै गएको धनुषाका किशोरहरुसम्म यसको प्रभाव र आउने पीढीलाई पार्ने प्रभावको बारेमा चेतना आवश्यक रहेको बताइएका हुन । सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रहरी नायब उपरीक्षक महतोले लागू औषध सेवनको प्रभाव, नोक्सानी, कानुनी प्रक्रियाबारे प्रकाश पारेका थिए ।

 

सो कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै मोनाष्टिक आवासीय विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले वर्तमान परिस्थितिमा देखिएको लागू औषधप्रतिको किशोरहरुको लगावलाई निष्तेज पार्नको लागि मोनाष्टिक विद्यालय विभिन्न अभियानमुखी कार्यक्रमहरु बेला बेलामा गर्दै आएको उल्लेख गरे । उनले समाजिक तवरबाट पनि मोनाष्टिक परिवारले यस्ता क्रियाकलापहरुलाई पूर्णतः निस्तेज एवम् न्यूनिकरण गर्नमा पनि भूमिका निर्वाह गर्दै आएको दाबी गर्दै निरन्तर यस्ता क्रियाकलाप विरुद्ध लडिरहेको बताए । 


उनले अहिलेका किशोरहरु साथीसंगत सहित विभिन्न बहानामा पनि लागू पदार्थको दुव्र्यसनीमा फँस्ने गरेको उल्लेख गर्दै युवाहरुमा यसको बारेमा अभिमुखीकरणको पहुँच अनिवार्य भएको बताए । उनले रयाली, जनचेतनामूलक कार्यक्रम गरी कुलतमा फँसेका युवाहरुलाई पुनः जागृत गर्नुपर्नेमा जोड दिए । 


सो कार्यक्रममा युवा नेता दिपेन्द्र कापडी, धर्मेन्द्र यादव (धिरु) लगायतका युवाहरुले लागू औषध दुव्र्यसनी र यसको नोक्सान तथा न्यूनिकरणको बारेमा वक्तत्व राखेका थिए ।  कार्यक्रममा मोनाष्टिक उच्च माविका छात्रछात्राहरु, समाजसेवी, युवा, महिला अधिकारकर्मी, मानवअधिकारकर्मीहरुको समेत सहभागीता रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ चैत २४ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }