बाराका हावाहुरी पीडितका लागि मुस्लिम गठबन्धनको राहत

उनीहरुको अस्थायी घर बनाउने कार्य जारी रहेको छ । 

२०७५ चैत २३ शनिबार
बेलुकी ५:०४ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, बारा । बारा पर्साका आँधीबेहरी पीडितहरुका लागि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषाले राहत बाँडेका छन् ।

 

गत आईतबार आएको विनाशकारी आँधीबेहरीले २८ जनाको मृत्यू तथा सयौँ सर्वसाधारण घाईते भएका हुन् । बाराको फेंटा गाउँपालिकामा आएको आँधीबेहरीले तहल्का मच्चाउँदै सयौं घर उडाएपछि गठबन्धनले उनीहरुलाई राहतको लागि पहल गरेका छन् । राहत संकलनका लागि राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन धनुषाका बरिष्ठ सल्लाहकार हाकिम राइनले अहम भूमिका निर्वाह गरेका छन् । 


पीडितहरुको लागि गठबन्धनले  चामल १५०० कीलो,  लाइट  १०१ थान,  कपड़ा सारी  रु. १,००,०००  बराबरको, आंटा  ८०० किलो ,चिउरा  ३०० किलो,  आलू  ५०० किलो, प्याज  ५०० किलो,  मुरही  १०० किलो, पानी को बोतल  ८४० थान,  चाऊचाउ  २० कार्टून, दाल  ५० किलो,  नुन  १५० किलो,  साबुन  १०० थान,  सोयाबीन  ४० किलो र  खाने तेल  १०० लीटर  बाँडेका छन् ।
 


सो राहत समाग्री संकलन तथा वितरण कार्यक्रममा राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन धनुषाका संयोजक मौलाना इजराइल रिजवी, तथा राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन धनुषाका सचिब ईद मोहम्मद साफी (जानी खान मदेशी) , अधिवक्ता अज़ीज़ आलम, बच्चा राइन, मेहबुन रेजा, प्रवीण चौधरी, इसराफिल अन्सारी, हुसैन अन्सारी, मो. समसुद्दीन अन्सारी (रेंजर), नथुनी अन्सारी, सैनुल अन्सारी, मो. मुस्लिम कबाड़ी, वजीर दर्जी लगायतको सहभागीता रहेको थियो । 

 

हावाहुरीपछि फेंटा गाउँपालिकाको विभिन्न वडामा राहत समाग्रीहरु निरन्तर रुपमा विभिन्न संघसँस्थाहरुले लिएर जानेक्रम जारी रहेपनि उनीहरुलाई वर्तन, भाँडा, लाईट, चुल्होको अभाव देखिएको छ । उनीहरुको अस्थायी घर बनाउने कार्य जारी रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ चैत २३ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus