• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:५१ am

कान्छो मेयरसँग शिक्षा निर्देशक शर्माको भेंट, भने- ' शिक्षामा बलियो हुनुहुन्छ'

सो छलफलपछि मेयर बरबरियाले निर्देशक शर्मा सहितको टोलीलाई सम्मान सहित विदाई गरेका थिए । 


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) सँग भेटघाट गरेका छन् । 

 

शुक्रबार शहिदनगर नगरपालिकाकै कार्यालयमा पुगेर आफ्ना टोली सहित पुगेका निर्देशक शर्माले शहिदनगरको शिक्षा अवस्था विकासोन्मुख रहेको प्रतिक्रिया दिएका थिए । उनले धनुषामै शिक्षा क्षेत्रमा शहिदनगर नगरपालिकाको शिक्षा प्रणाली र सुधारका सूचकहरु उत्तम भएको बताएका थिए । 

 

शिक्षा समितिले गरेको कार्यहरु तथा मातहतका विद्यालयहरुमा कान्छो मेयरले चालेको कदचको सराहना गर्दै निर्देशक शर्माले आगामी दिनमा यो प्रदेशमै शिक्षा क्षेत्रमा शहिदनगर नगरपालिका बलियो हुने विश्वास जनाउँदै उनले मेयर बरबरियाको लगनशिलताको प्रसंशा गरे । 

 

 

निर्देशक शर्मा सहित उप सचिव चिरन्जीवी गौतम , नगरपालिकाका नासु रन्जित यादव, निवर्तमान प्रमूख प्रशासकीय अधिकृत, नन्द कुमार झा, शिक्षा समिति सदस्य राजकुमार कर्माचार्य , स्रोतव्यक्ति धनेश्वर यादव लगायतसँग नगरपालिकाको शिक्षा अवस्थामा छलफल केन्द्रीत राखिएको थियो ।


सो कार्यक्रममा नगरस्तरीय परीक्षा सँचालनमा देखिएको प्रणाली र पूर्ण मर्यादित सहित एसईई परीक्षामा समेत कुनै प्रकारको गुनासो नआएको भन्दै नगरपालिकाको शिक्षा समितिलाई समेत प्रशंसा गरिएको थियो । सो छलफलपछि मेयर बरबरियाले निर्देशक शर्मा सहितको टोलीलाई सम्मान सहित विदाई गरेका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस