मौसमको कहर : मधेशमा मैनबत्ती बालेर एसईई परीक्षा दिँदै परीक्षार्थीहरु !

धनुषा सहित तराई मधेशको अन्य परीक्षा केन्द्रहरु समेत विजुली बत्ती गुल भएपछि मोमबतीले परीक्षार्थीहरु आफ्नो परीक्षा जारी राखेका छन् ।

२०७५ चैत २३ शनिबार
बिहान ०८:५२ बजे
विनय कु. यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । मौसममा एकाएक खरावी आएपछि जनकपुर लगायत देशभरि नै अँध्यारो भएको छ । 

 

यसैक्रममा प्रदेश नं. २ मा स्थागित गरिएको एसईई परीक्षा पुनः २२ गतेदेखि सुचारु भएको छ भने शनिबार दोस्रो दिन अनिवार्य समाजिक विषयको परीक्षामा सहभागी भएका परीक्षार्थीहरु मैनबत्ती बालेर परीक्षा दिरहेका छन् ।

 

मौसमा विभागले अलर्ट जारी गरिसकेको छ भने जनकपुर लगायत अन्य क्षेत्रहरु सहित देशभरिको मौसममा बदली आएको छ । मौसम अँध्यारो भएपछि भित्र परीक्षा हलमा बसेका परीक्षार्थीहरुले अँध्यारोको सामना गर्दै मैनबत्ती जलाएर परीक्षा दिरहेका छन् । 

 

तस्विर : विनय कुमार यादव, धनुषाधाम | Newsbureau Nepal

धनुषाको धनुषाधाम स्थित प्राविधिक विद्यालय, बरकुरबा, सबैला, जनकपुर,  मावि पृतपुर पर्वता, गिद्धाबेलापटटी, खजुरी लगायत धनुषा सहित तराई मधेशको अन्य परीक्षा केन्द्रहरु समेत विजुली बत्ती गुल भएपछि मोमबतीले परीक्षार्थीहरु आफ्नो परीक्षा जारी राखेका छन् ।

 

मौसममा बदली भएपछि देशैभरि बर्षा, हावाहुरी भईरहेको छ । गत आईतबार केही स्थानमा विग्रेको मौसमका कारण आएको प्रलयपछि पुनः शनिबार विहानैदेखि मौसममा खरावी आएको छ । 

 

जनकपुर लगायत तराई मधेशको अन्य जिल्ला सहित देशभरिकै मौसममा डरलाग्दो अँध्यारोपन देखिएको छ ।  मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ । यससँगै आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


मैसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।

 

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथ वर्षाको सम्भावना पनि देखिन्छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

 

आज राति पनि देशभरिको मौसममा सुधार आउनेछैन । अधिकांश भूभागहरुमा सामान्यतया बदली नै रहने महाशाखाको भनाइ छ । देशका पुर्वी तथा मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । 

 

गत आईतबार साँझ मधेशको बारा पर्सामा गएको भिषण हावाहुरीले २८ जनाको ज्यान लिएको छ भने सयौँ सर्वसाधारणलाई घाईते बनाएको हो । यसलाई मौसमको प्रलय मानिएको छ । विभागले यस्तो मौसममा बदली देखिएपछि सबैलाई होसियार रहन चेत्तावनी समेत दिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ चैत २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus