धनुषामा बच्चाहरु खेल्दै थियो बमसँग, स्थानीयले गरे विस्फोट !

पूर्वी धनुषामा यस प्रकृतिका घटनाहरु पटक पटक हुँदै आएको छ । 

२०७५ चैत २२ शुक्रबार
दिउसो ४:०६ बजे
विनय कु. यादव, धनुषा
साँकेति र फाईल तस्विर मात्र । गुगलबाट साभार गरिएको । यो तस्विर घटनाको अरिजिनल तस्विर होईन ।

 
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक नगरपालिका स्थित बम फेला परेपछि विस्फोट गराएको हो । 


पूर्वी धनुषाको धनुषाको विदेह नगरपालिका वडा नं. ७ स्थित दुईवटा बम फेला परेपछि स्थानीयहरु हर्कतमा आएका थिए । वडा नं. ७ नवटोली भन्ने टोलमा स्थानीय फुलगेन मल्लिको घरपछाडिमा २ वटा बम फेला परेको थियो । कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको बम स्थानीयले फालेर विस्फोट गराएका छन् । बच्चाले खेलाउँदा जनधनको क्षति हुने भएकोल स्थानीयले फालेर विस्फोट गरेका हुन् ।


बच्चाहरु ती बम लिएर खेल्दै थिए,  पान मसालको टीनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर कसैले बारिमा वेवारिसे फालेका थिए । बच्चाले खेलाए विस्फोट हुने भन्दै स्थानीयले तत्कालै फालेर विस्फोट गराएको रहेछ । ईलाका प्रहरी कार्यालय औरहीका सई रामबाबु सिँहले जनाए । 

 

बम फेला परेर स्थानीयले फालेर विस्फोट गराएपछि ईप्रका औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको र बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको सिंहले बताए । 

 

गत विहिबार राती मात्र स्थानीय दुई घरमा चोहरुले चोरी गरी हजारौँको मालसमानहरु लुटेर लगेका थिए । स्थानीय र चोरहरुबीच घम्साघम्सी भएपनि अन्य स्थानीयहरुले भने चारहरुलाई समात्न मदत नगरेकोमा दुई घरको हजारौँको सरसमान र गरगहना लुटेर लगेको थियो । यो बम ती चोरहरुले फालेर भागेको हुन सक्ने अनुमान गरिएको छ । 


केही दिन अगाडी मात्र धनुषाको कमला नगरपालिकामा चरणवद्ध रुपमा भएको चोरीपछि कमला नगरपालिका वडा नंं. ३ पर्सा स्थित समेत पानको बट्टाबाला बम फेला परेको थियो भने स्थानीयहरुले खेतमा फालेर विस्फोट गराएको थियो । पूर्वी धनुषामा यस प्रकृतिका घटनाहरु पटक पटक हुँदै आएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७५ चैत २२ शुक्रबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus