• २०७६ कार्तिक ६ गते, बुधबार



महिलालाइ आत्मनिर्भर बनाउदै माण्डवी  

सो अवसरमा माण्डबीको सहयोगमा  सिलाई कटाई र ब्यूटी पार्लर चलाइरहेका स्थानीय सल्मा खातुनले  सफलताका कथा सुनाएकी थिइन ।


न्यूज ब्यूरो, गौर । अन्तराष्ट्रिय दातृ संस्था पेनी अपिलको आर्थिक सहयोगमा माण्डवी रौतहटले गौरको सबगढा स्थित एक भब्य समारोहबीच जिविकोपार्जन सामग्री हस्तान्तरण गरेका छन् ।

 

गौर नगरपालिका वडा न ६ सबगढामा बिहिवार पूर्व मन्त्री एवं रौतहट एकका सांसद अनिल झाको प्रमुख अतिथ्यमा भएको जिविकोपार्जन हस्तान्तरण कार्यक्रमका बिच महिलाहरूलाइ आत्मनिर्भर बनाइ जिबिकोपार्जन गर्न सहयोग होस भन्ने उदेश्यले मान्डबीले सो सामाग्री बितरन गरेको हो ।

 

 कार्यक्रमका बिच  ३० जना महिलालाई सिलाई मेशीन, औषधी छक्रिने टंकी २५ जनालाई ,बिउबिजन २५ जनालाई , दुइ थान पावर टेक्टर र १ जनालाई ई रीक्सा लगायतका जिविकोपार्जन सामग्री हस्तान्तरण गरिएको माणडबि रौतहटकि कार्यकारि अध्यक्ष अन्जु झाले बताइन ।


वडा नं। ६ का अध्यक्ष शेख जमसैदको अध्यक्षतामा भएको कार्यक्रममा दातृ संस्थाका एसिया रिजन प्रमुख मालिका वसिर, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उपनगर प्रमुख किरण ठाकुर, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं प्रदेश न २ सरकारका सरसफाई दुत रेवन्त झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक अध्यक्ष आर्दश उपाध्याय,पत्रकार प्रेमचन्द्र झा ,सन्जय सहनी ,गौतम श्रेष्ठले  माण्डवी रौतहटले जिल्लामा सराहनीय काम गरिरहेको भन्दै खुलेर प्रसंशा गरे।बक्ताहरुले रौतहटको महिलालाई आर्थिक समबृदि तर्फ लैजान माण्डबीले खेलिरहेका भुमिकाको प्रसंशा जति गरेपनि कम हुने बताए । 


सो अवसरमा माण्डबीको सहयोगमा  सिलाई कटाई र ब्यूटी पार्लर चलाइरहेका स्थानीय सल्मा खातुनले  सफलताका कथा सुनाएकी थिइन । सलमाले  यस तालिम र शिपबाट हुने आयआर्जन  आफनो घर चलाउन ,छोरा छोरी पढाउनका निम्ति ठूलो सहयोग पुगिरहेको बताउदै माण्डवी रौतहट लाई धन्यबाद र आभार प्रकट गरिन । बिच विचमा बालमन्दिर गौरका बालबालिकाले गितमा नृत्य प्रस्तुत गर्नु भयो ।

 

 सो अवसरमा राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंह सहित शस्त्र प्रहरी निरिक्षक दिपक राज भट्ट सहित हजारौं सर्वसाधारणको उपस्थित रहेको थियो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

संजय सहनी, रौतहट

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...