मधेश भवनमा पुनः 'जनकपुर चुरोट कारखाना' कै बोर्ड, कारखाना पुनः संचालन हुने ?

कारखानाका एकजना कर्मचारीले भने, ‘मन्त्रीले कर्मचारी पठाएर बोर्ड झुण्डयाउन आदेश दिएका हुन् ।

२०७५ चैत २१ बिहीबार
बिहान ०९:१४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले नामाकरण गरेको मधेश भवनको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको  कार्यालयको बोर्ड रहेसँगै जनकपुर चुरोट कारखानाको बोर्ड लगाईएको छ । 

 

प्रदेश सरकारको सबै मन्त्री र अधिकारीहरु सोमवार बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा बिहानै गएको मौका छोपी मुख्यमन्त्री कार्यालयको बोर्ड रहेसँगै जनकपुर चुरोट कारखाना केन्द्रिय कार्यालयको बोर्ड लगाईएको छ ।

 

प्रदेश सरकार गठन हुनु अगावै नेपाल सरकारले जनकपुर चुरोट कारखानाको भोगचल प्रदेश सरकारले गर्ने गरी जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराएको थियो ।तत्कालिन उद्योग मन्त्री सुनिल थापाले मन्त्रिपरिषदबाट सहमति लिई प्रदेश सरकारको भोगाधिकारका लागि कारखाना हस्तांतरण गरेको निर्णय छ ।

 

 वर्षौदेखि प्रयोगविहिन रहेको कारखानाको भौतिक संरचनाहरुलाई प्रदेश सरकारले मर्मतसंभार गरी  योगमा ल्याएको छ । प्रदेश सरकारको मन्त्रालयहरु र आवास काखाना परिसरमा स्थापना भएदेखि भित्रको अवस्था फेरिएको छ । जिर्ण भईसकेका भवनहरुको मुहार फेरिएको र सुन्दर देखिन थालिएको छ ।

 

 प्रदेश २ मा कृषिजन्य उद्योगहरु स्थापना गर्नुपर्नेमा वीरगञ्जको चिनी मिल सञ्चालन गर्न केन्द्र सरकार उदासिन छ ।तर सञ्चालन हुनै नसक्ने चुरोट कारखाना चलाउने नाउँमा जग्गा बिक्री गर्न उद्यत देखिएको छ । केहि महिना पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले मधेश भवन नामाकरण गरिएको प्रति आपत्ति जनाउँदै चुरोट कारखानालाई लिजमा दिने तयारी थालेका थिए ।


 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीपरिषदको निर्णयबाट जग्गा प्रदेश सरकारलाई उपलब्ध गराईएको बताउँदै उद्योग मन्त्रालयले बोर्ड लगाउने गलत कार्य गरेको बताए । चुरोट कारखानाको हाल ८ जना कर्मचारी छन् ।उनीहरु करारमा छन् ।ती कर्मचारीहरुपनि त्यहाँ काम विहिन छन् । प्रदेश सरकार गठन नहुँदा सम्म सुरक्षाका लागि करारमा राखिएका ती कर्मचारीहरु हाल रहेपनि काम भने छैन् ।


 प्रदेश सरकारको मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, मन्त्रीहरुको आवास, सचिवहरुको आवास लगायत प्रदेश सरकारका थुपै्र कर्मचारीहरुको आवास मधेश भवन परिसरमा नै छ । मन्त्रालयको आदेशमा पुरानो चदरामा २ हजार खर्च गरी जनकपुर चुरोट कारखाना केन्द्रिय कार्यालयको बोर्ड बनाईएको छ ।


 कारखानाका एकजना कर्मचारीले भने, ‘मन्त्रीले कर्मचारी पठाएर बोर्ड झुण्डयाउन आदेश दिएका हुन् । जनकपुरधामबाट राजधानी हटाउने षडयन्त्रमा लागेकाहरुले चुरोट कारखानालाई ब्युताउने प्रयासमा लागेका छन् ।

 

सिटामोट बनाउने कारखाना चलाउन पूर्ण असफल सरकारले चुरोट कारखाना सञ्चालनको नाउँमा बजेटको चरम दुरुपयोग गर्ने चलखेल भएको बताईन्छ । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ चैत २१ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus