यातायातमा यादवको दादागिरी (भिडियो)

उनले यस्ता कर्मचारी विरुद्ध र प्रणाली विरुद्ध युवाहरु एक जुट हुनुपर्ने बताए । 

२०७५ चैत २० बुधबार
रति ९:२७ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक विवादमा पर्दै आएका जनकपुरको यातायात कार्यालयमा कर्मचारीले सेवाग्राही उपर दादागिर देखाउँदै आएका छन् । 

 

यातायात व्यवस्था कार्यालय जनकपुरका कर्मचारी राकेश यादव र सुनिल साहले सेवाग्राहीलाई गाली गलौच गरेको भीडियो सार्वजनिक भएका छन् । समाजिक सञ्जालमा दुवै कर्मचारी कोठा नं. ८ मा बसेर भित्रैबाट काम गरेपनि घण्टौ लाईनमा बसेका सेवाग्राहीलाई काम नगरिदिएको गुनासोे सुनाएका छन् । 


चर्को घाममा घण्टौ लाईनमा बसेका सेवाग्राहीहरुले भित्रैबाट दलाल मार्फत रकमको भरमा काम गर्ने गरेको तथा बाहिर लाईनमा बसेका सेवाग्राहीहरुलाई त्यतिकै उभिन बाध्य बनाएको भन्दै गुनासो गरेपछि कर्मचारीद्धय राकेश यादव र सुनिल साहले तथानाम गालीगलौच गरेको आरोप लगाएका छन् । समाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियोमा कर्मचारी बसेको कोेठा नं. ८ मा विचौलियाले नाम लेखेर ल्याएको लिस्टबाट रसिद काटने काम गरिरहेको देखिएको छ भने लाईनमा बसेका सेवाग्राहीहरु त्यतिकै बसेका छन् ।

 

 

बिचौलियासँग काम गरेको भन्दै गुनासो गरेपछि र केही सेवाग्राहीले मोबाईलमा भिडियो तानेपछि कर्मचारी राकेश यादवले अभद्र गाली गलौज गर्दै धम्की दिएको आरोप लगाइएको छ । कर्मचारी यादवले 'कुन मा...द लाई बोलाउनुछ बोलाएर ल्या', 'जनकपुरमा कुन माध.....द'  (आमालाई गरिने अभद्र गाली ) भन्दै मोबाईल खोस्दै केही भिडियो डिलिट गरेको गुनासो पोखे । 

 

 

एक सेवाग्राहीले उनीहरुको कार्यालयमा सिसिटिभी क्यामेरा जडान भएपनि त्यसकै सामुन्ने घुस रकम लिएर काम गर्ने गरेको देखेपछि सिसिटिभी बहाना मात्र भएको आरोप लगाए । उनले यस्ता कर्मचारी विरुद्ध र प्रणाली विरुद्ध युवाहरु एक जुट हुनुपर्ने बताए । 

 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ चैत २० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus

} }