• २०७६ कार्तिक ६ गते, बुधबार



मौसम विभागलाई कारवाही गर 

यो दर्जनौं व्यक्तिको हत्या सरह नै हो ।


सम्पादकीय । आईतबार साँझ आएको भिषण र विनाशकारी हावाहुरीले दर्जनौं व्यक्तिको ज्यान गएको छ भने सयौँ व्यक्ति अहिले पनि अस्पतालको शैयामा छन् । 


भोक, पीडा, आफन्त गुमाएको त्यो क्षण र माथिबाट खसेको असिनाको गहिरो चोट भन्दा पनि आँखाकै सामुन्ने आफ्नो परिवारलाई ढल्दै देख्दा समयको पीडा अनुभव कस्तो हुन्छ भनेर केही प्रतिशत महसुस मात्र गर्न सकिन्छ ।


प्रदेश नं. २ को बारा जिल्ला र पर्सा जिल्लामा आईतबार साँझ विनाशकारी हावाहुरीले कयौँको ज्यान लिएर गयो । कैयौँलाई अस्तपालको शैयामा जीवन र मृत्यूको बीच जुधाईदिएका छन्  कैयौँ बालबालिकालाई अनाथ झै बनाएको छ । 


समान्य भूकम्प (केही रेक्टर) जाँदा सूचना र अलर्ट जारी गर्ने मौसम विभागले यत्रो विनाशकारी हावाहुरीको पूर्वाअनुमानलाई आम जनता समक्ष किन पुरयाएनन भनेर समाजिक सँजालमा यी कुराहरुको जोडदार प्रश्न गरिएको छ । मौसम पूर्वानुमान विभागले हावाहुरी, वर्षा पर्ने भनेर सधैं अलर्ट जारी गर्दै आएमा यत्रो विनाशकारी हावाहुरीको पूर्वानुमान भएपनि जनहितको लागि अलर्ट जारी किन गरेन त? भनेर प्रश्न तेर्साइएको छ । 


समान्य बर्षा पर्ने सम्भावनालाई विभिन्न मिडियावाजी गरेर आफ्नो क्षमता प्रर्दशन गर्ने मौसम विभागले प्रदेश नं. २ को बारमा गएको त्यत्रो विनाशकारी आँधीबहेरीको पूर्वानुमानलाई आम सर्वसाधारण समक्ष नपुरयाउनु पनि पूर्वाग्रही हो भनेर समाजिक सँजालमा टिकाटिप्पणी भएको छ र यही हो पनि । 


सानो बादल लाग्ने सम्भावना सम्म पनि मिडिया मार्फत मौसमको जानकारी प्रचार गर्ने मौसम विभागले महाविनाशकारी हावाहुरीको अवस्था र समय बारे ज्ञात हुँदा हुँदै पनि बारावासीलाई, प्रदेश सरकारलाई, संघीय सरकारलाई वा मिडिया मार्फत नै सन्देश जारी नगर्नु पनि ठुलो षडयन्त्रझैँ देखिएको छ ।

 

भूकम्पको पूर्वानुमान गर्न नसकिने भएपनि हावाहुरी, वर्षा, बादल लाग्ने, घाम लाग्ने जस्ता प्रकृतिक क्रिडालाई सहजै पूर्वानुमान गर्न सकिने क्षमता पनि निहित नै छ तर सूचना किन जारी गरिएन त ? यत्रो आम जनता मारेको आरोप १०० प्रतिशत मौसम पूर्वानुमान विभागलाई जान्छ ।

 

मौसम विभागका पदाधिकारीलाई सरकाले खोजविन, अनुसन्धान गरी तत्कालै कारवाहीको प्रक्रिया अगाडी बढाउनैपर्छ । यो दर्जनौं व्यक्तिको हत्या सरह नै हो । समयमा अलर्ट जारी गरेको भए सायद यस्तो विपदा र प्रकृतिक प्रकोपलाई केही प्रतिशत सम्म पनि न्यून गर्न सकिन्थ्यो होला । सरकारले मौसम विभागसँग स्पष्टिकरण सहितको जवाफ माग गर्नेपर्छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

काशिन्द्र कुमार शर्मा

सम्पादक

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

उहाँ त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित न्यूज ब्यूरो अनलाईनका सम्पादक/कार्यकारी सम्पादक हुन् । डेस्कमा आएको समाचारलाई सम्पादन फिल्टर गर्ने जिम्मेवारी उहाँका हुन् ।

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्

Loading...