• २०७६ असार १० गते, मंगलबार
११:४३ pm

बारा पर्सामा आँधिबेहरीबाट ज्यान गुमाउनेहरुप्रति जनकपुरवासीद्धारा चिरशान्तीको कामना 

सबैले आ–आफ्नो ठाउँबाट मानवीय व्यवहार प्रर्दशन गर्दै सहयोगको लागि तत्पर रहन सबैमा आग्रह गरे । 


न्यूज ब्यूरो, जनकपुर । आइतबार साँझ बारा–पर्सामा आएको आँधीबेहरीबाट ज्यान गुमाएकाहरुप्रति जनकपुवासीद्धारा आत्माको चीरशान्तीको कामना गर्दै शोक व्यक्त गरिएको छ । 


सो आँधीबेहरीमा परेर बारा पर्साको विभिन्न पालिकाका दर्जनौँ व्यक्तिले ज्यान गुमाएका छन् उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै जनकपुरका युवाहरुले शोक व्यक्त गरेका छन् ।


सोमबार बेलुका जानकी मन्दिरको प्राङ्गणमा यूथ एलायन्स क्लब जनकपुरले मृतकहरुको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेका थिए भने घाइतेहरुको लागि स्वास्थ्य लाभको कामना गरेको आत्माको चिर शान्तिको कामना गरेका थिए ।


क्लबका अध्यक्ष इजाज अन्सारी, राष्ट्रिय विद्यार्थी संघ धनुषा अध्यक्ष कमलेश यादवलगायत दर्जनौँ युवाहरुको उपस्थिति रहेको थियो ।विद्यार्थी नेता कमलेश यादवले अचानक आएको हावाहुरीका कारण भएको प्राकृतिक विपद्मा सबैले आ–आफ्नो ठाउँबाट मानवीय व्यवहार प्रर्दशन गर्दै सहयोगको लागि तत्पर रहन सबैमा आग्रह गरे । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस