• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:०५ am

रुस्लान थ्रिस्टार क्लबले  आयोजक एलेभन एरोज क्लब हराउँदै सेमीफाइनलमा

आयोजक एलेभन एरोज क्लबका तर्फबाट जिवन धामीले १ गोल गरे । 


न्यूज ब्यूरो, सुनसरी ।   सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेश्रो क्वाटर फाइनल खेलमा रुस्लान थ्रिस्टार क्लब काठमांडौले आयोजक एलेभन एरोज क्लबलाइ टाइब्रेकरमा ४–१ को फराकिलो अन्तरले हराउँदै शानदार सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

 दुहबी रंगशालामा भएको खेलमा पहिलो हाफ सम्म दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भएपनि गोल रहित बरावरी भएको थियो । दोश्रो हाफमा दुबै तर्फबाट आक्रमक खेल भएपनि बराबरी हुँदा ८ मिनेट अतिरिक्त थप समयमा समेत बराबरी भएपछि टाइब्रेकरको साहारा लिइएको थियो ।


टाइब्रेकरमा एलेभन एरोज क्लबका खेलाडीहरु रोशन भुजेल र उमेश राई गोल गर्नबाट चुकेपछि रुस्लान थ्रिस्टार क्लब काठमांडौका खेलाडीहरु क्रमस रंजित धिमाल, मनसावेभुगु, बिजय धिमाल र सुनिल बलले गोल गरे । आयोजक एलेभन एरोज क्लबका तर्फबाट जिवन धामीले १ गोल गरे । 

 

यो जितसँगै रुस्लान थ्रिस्टार क्लब काठमांडौ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ । आयोजक एलेभन एरोज क्लबका गोल रक्षक सुर्य अधिकारी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाइ सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिरुद्ध थापाले पुरस्कार स्वरुप नगद १० हजार तथा मेडल प्रदान गरे ।

 

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटर फाइनल भारतको रोयल क्लब वेस्ट बंगाल र क्यामरुनको दाफिन्स फुटबल क्लब बिच हुने आयोजकले जनाए छ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस