• २०७६ असार १० गते, मंगलबार
११:३५ pm

बारा घटना : जनकपुरबाट युवा नेता झाको अगुवाईमा राहत संकलन सुरु 

भोली मँगलबार प्रभावित क्षेत्रमा खाद्यान्न समाग्री लिएर प्रस्थान गर्ने जनाइएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार साँझ आएको भिषण हावाहुरीका कारण प्रदेश नं. २ को बारामा घटेको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै जनकपुरवासीको तर्फबाट राहत संकलन कार्य सुरु गरिएको छ ।

 

मधेश सरकारले राहतमा जुटन सबैमा आग्रह गरे लगत्तै राजपा नेपालका युवा नेताको रुपमा परिचित प्रशान्त झाको नेतृत्वमा जनकपुरमा राहत संकलन कार्य सुरु गरिएको हो । बारालाई घाउ लाग्दा जनकपुरलाई दुखेको भन्दै नेता झाले जनकपुरवासी बाराका हावाहुरी पीडितसँग दुःख बाँडन चाहेको बताए । 

 

उनले भने, मधेशकै बारा जिल्लामा भिषण हावाहुरीले अपूर्णिय क्षति तुल्याएको छ । यसबाट सयौँ घरपरिवार प्रभावित भएको छ र करिब ३ दर्जन व्यक्तिको मृत्यू भएको छ । मृतक परिवारलाई अपूर्णिय क्षति भएकै हो, बारावासीलाई घाउ लागेको छ र त्यो घाउ जनकपुरलाई दुखेको महसुस भएको छ । हामी हातोमालो गरेर अघि बढने छौं, हामी पुनः उदाउने छौँ ।

 

युथ एक्सन फोर्स नामक सँगठनबाट समेत अगुवाई गरेको युवा नेता झाले आज जनकपुरका व्यापारी, सर्वसाधारण, घरधनी, राजनीतिकर्मी, पेशाकर्मीहरुसँग राहत सँकलन गरी मँगलबार बाराको लागि प्रस्थान गर्ने जनाइएको छ । 

 

प्रदेश नं. २ को मन्त्रीपरिषद्को सोमबार विहान बसेको आकस्मिक बैठकबाट मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गर्दै अन्य क्षेत्रहरुलाई समेत राहत सहयोगको लागि अपिल गरे लगत्तै यी युवाहरु सक्रियता देखाएका छन् । भोली मँगलबार प्रभावित क्षेत्रमा खाद्यान्न समाग्री लिएर प्रस्थान गर्ने जनाइएको छ । 

 

नेता झाले जनकपुरका व्यापारी, सर्वसाधारण, राजनीतिकर्मी तथा पेशाकर्मीहरुलाई राहत संकलनमा सहयोगको लागि आव्हान समेत गरेका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस