अपडेट : मधेशकै बारामा हुरीको कहर : २५ जनाको मृत्यू, ४०० बढी घाईते !
सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०७५ चैत १७ आइतबार, राति १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ।
साँझ करिब ८ बजेतिर गएको भिषण हावाहुरीमा परी २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पुरयाएर उपचार भइरहेको छ ।
डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । सो घटनामा परी ४०० बढी जना सर्वसाधारण घाईते भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकारिक टवीट मार्फत जानकारी दिइएको हो । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…