• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:१२ am

काठमांडौलाई हराउँदै झापा टिम सेमि फाईनलमा  

जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले नेपाल पुलिस क्लब काठमांडौलाइ ४–० को फराकिलो अन्तरले हराउँदै शानदार सेमीफाइनलमा प्रवेश गरेको छण ।


 दुहबी रंगशालामा भएको खेलमा पहिलो हाफ सम्म दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भएपनि गोल रहित बरावरी भएको थियो । दोश्रो हाफको ६१ औं मिनटमा मेची नेत्रालय झापाका जर्सी नम्वर १७ बिशाल राईले पहिलो गोल गरे । खेलमा एकतर्फी नतिजा हात पारेको मेची नेत्रालय झापाकालागि ८९ औं मिनटमा नेपाल पुलिस क्लब काठमांडौका तेज तामाड्गले आत्मघाती गोल गरे ।

 

खेलको ९० मिनेट र अन्तिम मिनेटमा अरमाद वेदोमले व्यक्तिगत पहिलो तथा पेनाल्टी शुट आउटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गराए । यो जितसँगै मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।


 खेलमा नेपाल पुलिस क्लब काठमांडौको राम्रो प्रयास बिफल पारेको भन्दै मेची नेत्रालय झापाका गोल रक्षक किशोर गिरी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाइ खेलका प्रमुख अतिथि मनमोहन स्मृती प्रतिष्ठानका सदस्य सचिव सुभाषश्री पोखरेलले पुरस्कार स्वरुप नगद १० हजार तथा मेडल प्रदान गरे । 


प्रतियोगिता अन्तरगत सोमबारको खेल आयोजक एलेभन एरोज क्लब र रुस्लान थ्रिस्टार क्लब काठमांडौका बिच हुँनेछ । एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस