गरुडा नपाका अधिकृत पन्थि छापाले कालाबाजारीमा हडकम्प 

२०७५ चैत १७ आइतबार
बेलुकी ७:५७ बजे
संजय सहनी, रौतहट


न्यूज ब्यूरो, रौतहट । उपभोक्ता संरक्षण ऐन अनुसार गरुडा नगरपालिकाले आफनो मातहतमा रहेका निजी अस्पतालहरुमा अनुगमन कार्यलाई तिव्रता दिएका छन् ।

 

 स्थानीय बासिन्दाहरु विरामी परेर निजी अस्पताल, पोली क्लिनिकमा गएर नक्कली चिकित्सकहरुबाट ठगिने कार्य धमाधम भईरहेको जनगुनासो नपामा आएपछि प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथीको नेतृत्वमा शिवरनगर स्थित ओम हेल्थ हस्पिटल प्राली, अकुपंचर अस्पतालमा छापा मार्दा विना इजाजत उक्त अस्पतालहरु संचालनमा रहेको नगरपालिकाद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएका हुन् ।

 

 गरुडा नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रमा अस्पताल, पोलिक्लिनिकहरु, फार्मेशीहरुमा अनुगमन गर्दा निजी अस्पताल संचालन गर्न अनुमती नलिएको, तोकिएको डाक्टर नभएको, पोलिक्लीनिकको रुपमा तिन बेडको १ बर्षको परिक्षणकाल स्वकृति लिएका भएपनि म्याद सकिएपछि पुनः स्वीकृति नलिई १५ बेडको अस्पताल संचालन गरेको पाइयो ।

 

 अकुपंचरको लागि ५ बेडको स्वीकृति लिएर २५ बेडको संचालन गरेको तर फार्मेशी तालिम नलिई फार्मेशी संचालन गरेको, फार्मेशीको अन्तै ठेगाना रहदा उक्त अकुपंचरमा संचालन भएको हुँदा सबै कागज पत्र लिएर १५ दिन भित्र नगरपालिकामा उपस्थित हुन संचालकलाई पत्र पठाइएको र सो अनुसार कार्य नगरिएमा नगरपालिकाबाट गैरकानुनी ठहर गर्दै उक्त निजी अस्पतालहरुलाई बन्द गर्ने चेतावनी दिएको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पंथीले सोको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइसकेको उनले स्पष्ट पारे ।


 यस्तै ओम हेल्थ हस्पीटल प्रालीको नामबाट संचालनमा रहेका अस्पतालको स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागको नियमनकारी निकायबाट स्वीकृति नलिएको हुँदा बन्द गराइएको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पंथीले हावादारी ढंगबाट धमाधम यस नगरक्षेत्रको शिवनगर, गरुडा लगायतको विभिन्न स्थानमा संचालनमा आएको निजी अस्पताल वा पोलिक्लीनिकलाई नगरपालिका अन्तर्गतकोे स्वास्थ्य संग सम्बन्धित निकायको यथाशिघ्र अनुगमनको व्यवस्थापन गराउन मन्त्रालय संग लिखित रुपमा माग गरे । 


 उपभोक्ता संरक्षण ऐन अन्तर्गत निजी रुपमा संचालनमा रहेका अस्पतालहरु, बजारमा म्याद गुज्रिएका गुणस्तरहिन पेय पदार्थहरु, कमसल खाद्यान्न सामग्रीहरु लगायत आम उपभोक्ताहरुको मावन स्वास्थ्य संग सरोकार राख्नेहरुको नियमित रुपमा नगरपालिकाबाट अनुगमन गर्ने कार्य प्रारम्भ गरिएको हुँदा यस कार्यलाई निर्वाचित जनप्रतिनिधिहरुका साथै उद्योगी व्यवसायी एवं नागरिक समाजका आगुवाहरुको सहयोग आवश्यक रहेको बताए ।


 दुई दिन अघि गरुडा बजार स्थित डाबरको रियल र व्रष्ट जुसहरु ठूलो परिमाणमा म्याद गुज्रिएका नियन्त्रणमा लिई नष्ट गर्दा व्यापारीहरुमा पनि राम्रो सामानहरु विक्री वितरण नगरेमा कारवाही हुने र उपभोक्ताहरु ठगिनबाट जोगिने समेत उनले विश्वास व्यक्त गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ चैत १७ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus