• २०७६ बैशाख ६ गते, शुक्रबार
०३:२० am

मधेशमा आन्दोलनको 'एक्सचेन्ज अफर' ! 

मधेशमा यसरी नै ती राजनीतिक दलहरुले आन्दोलनको लागि एक्सचेन्ज अफर दिँदै रहन्छ, जनताहरु फाईदा लिन लडदै रहन्छ


सम्पादकीय | मधेश शब्द सुन्ने वित्तिकै तराई मधेश भूभागमा बस्ने आम नागरिकले चासो देखाउनुभन्दा पनि दिक्क मान्ने गरेको देखिन थालेको छ । 


मधेशको नाम भजाएर विभिन्न राजनीतिक दलहरुको पसल खुलेकै थियो, खुलकै हो र खुल्नेक्रम पनि जारी रहन्छ । त्यही मधेश नामक पसलमा मधेशी मूलका नेपाली नागरिकले भोट बेचेर कृपा खरिद गर्न जानेकै हो । 

 

मधेशमा अहिले आन्दोेलनको एक्सचेन्ज अफर आएको छ । हुन त यामाहा, हिरो होण्डा, सुजुकी कम्पनीका मोटरसाईकलको एक्सचेन्ज अफर बेला बेलामा आएझैं मधेशमा आन्दोलनको एक्सचेन्ज अफर पनि आउने क्रम जारी हुन्छ । जब मधेशी जनता सुस्ताउन थाल्छ, तब मधेशमा विभिन्न ब्राण्डका कम्पनीहरुले आन्दोलनको एक्सचेन्ज अफर ल्याउँछ  केन्द्र सरकारसँग । 

 

यसमा कम्पनी भनेको राजनीतिक पार्टी
एजेन्ट भनेको नेता, पछुवा, कार्यकर्ता 

 

 

संघीयता नरुचाउनेहरुले बजार भाउ हेरेर एक्सचेन्ज अफरमा विभिन्न फिचरहरु समावेश गरी बजार पाउने दाउमा हुन्छ । सान्दर्भिक त यो पनि छ की मधेशमा बसोबास गर्ने अधिकांश बढी आम नागरिक सजिलैसित आन्दोलनको विज्ञापनको भरमा विश्वास गरी आन्दोलनको एक्सचेन्ज अफरमा भाग लिन पुग्छ । खास गरी नवयुवक र युवकहरु बढी सक्रिय भएको देखिएको छ । यहाँसम्म चाकरीगिरी गरेको देख्न सकिन्छ की यदि कम्पनीका मालिक (पार्टीका अध्यक्ष) वा स्टाफ (नेता, कार्यकर्ता) ले उसको परिवारलाई बलात्कार गरेपनि उसको जहनमा शर्म र आवेग होईन प्रष्तिठा र चाकरिगिरीकै गँगा बहने महसुस वर्तमान परिस्थितिमा देख्न सकिन्छ । 

 

बेला बेलामा काठमान्डुका सरकारले त्यही अनुरुप प्रि प्लान गरेर मधेशमा आन्दोलनको एक्सचेन्ज अफर दिन्छ र मधेशमा बसेका उनका एजेन्टहरु त्यसलाई विभिन्न तवरले विज्ञापन गरी यहाँका उपभोक्ता, सेवाग्राही (आम जनता) लाई मोहरा बनाउने गरेको पनि देखिएको छ । दिनभरि मधेश मधेश रट्ट लगाउने ती कम्पनीका एजेन्टहरुले आफ्नो परिवारसम्मको पनि स्वतन्त्रता खोसेको होईन र ? आजकलको उनको छोरा आफ्नो बाउलाई कर लगाउँछन भोट कसलाई दिने हो भनेर । 


हाँसोको कुरा पनि के हो भने, भारतीय ब्राण्डेट कम्पनी हिरो र होण्डा जसरी बेला बेलामा मिलन र विछोड गरिरहेको हुन्छन नी, त्यही अनुरुप मधेशका राजनीतिक पार्टी यानी कम्पनीले पनि मिलन विछोडको क्रम जारी राख्छ । हिरोसँग होण्डा कम्पनी मिलेपछि हिरोहोण्डा बन्न पुगेकै हो भने यहाँ पनि ती राजनीतिक दलहरु बेला बेलामा पार्टी एकिकरण गरेर ब्राण्ड बन्छ । जनतालाई लोभ दिन्छ, अफर दिन्छ र ती जनताहरु पनि कतिको होसियार हौ, दिनहुँ पार्टी प्रवेश नै गरिरहन्छ । 

 

अफर सीमित हुन्छ झै पार्टी प्रवेश गर्ने जनमानस पनि सीमित हुन्छ, जब पार्टी प्रवेशको कुरा आउँछ त्यति बेला १०० जनामध्येबाट सयौँको सँख्यामा फलानो पार्टीमा प्रवेश, पुनः त्यही १०० जना रिसाईकल भएर अर्को पार्टीमा प्रवेश गर्छ, त्यतिबेला कम्पनीको मुर्खता पनि देखिन्छ । 

 

संघीयता फेल गर्नको लागि विभिन्न प्रपँच रचिएको छ । जसमध्ये यो हो मधेशमा आन्दोलनको एक्सचेन्ज अफर पनि । विभिन्न बहानमा भएपनि आफैंमा आन्दोलन गराएर सरकारले मधेशी जनतालाई एकआपसमा लडाइ नै रहेको छ नी र त्यसलाई मूर्तरुप दिने भनौदा मसिहा अर्थात कम्पनीका प्रादेशिक वा क्षेत्रिय एजेन्टहरु हुन् । बेला बेलामा आन्दोलन गराएर सहानुभूतिको भोट लिन उनीहरु आन्दोलनको एक्सचेन्ज अफर प्रदान गर्छ । जसबाट उनीहरुलाई गुम्न लागेको धरोहर र पुरानो मेसिन अर्थात आम जनताहरुलाई पुनः प्रयोगमा ल्याउन सक्छ । 

 

अहिले त्यही अफरमा ल्याएको छ नवयुवकहरु अर्थात एसईई परीक्षामा सहभागी हुने स साना नानाहरु पनि । उनीहरुलाई पनि एक्सचेन्ज आन्दोलनको बुखार चढेको देखिएको छ । प्रश्नपत्र आउट भएपछि सारिएको परीक्षाको विरोधमा सडकमा उत्रेका ती नानीहरु आफैं सडकमा आएका होइनन हौ, उनीहरुलाई पनि यीनीहरुले नयाँ प्रविधिको रुपमा प्रयोग गरेका छन् । पार्टीको ब्याक्ग्राण्डमा उनीहरुलाई प्रदर्शनी गाडीमा राखेर बजारमा प्रदर्शन मात्र गरेको हो, अन्यथा केही होईन । 

 

स साना नानीहरु प्रहरीसँग जुध्न तयार देखिन्छ, गोली बन्दुकबाट डर लाग्दैन, यो हौसला उनीहरुले पायो कहाँबाट ? किताबमा मात्र सीमित हुनुपर्ने समयमा उनीहरुले हातमा कलमको सट्टा ढुँगामुढा उठाएर देशको कर्णाधारको परिचय दिएको हो त ? पक्कै पनि होइन्, नानी, तिमीहरुलाई यहाँ मधेशमा विभिन्न कम्पनी सँचालन गरेर रहेका उक्त कम्पनीका ऐजेन्टहरुले फकाएर सडकमा उतारेका छन्, तिमीलाई यसबाट भएको फाईदा खोई त ? 

 

मधेशमा यसरी नै ती राजनीतिक दलहरुले आन्दोलनको लागि एक्सचेन्ज अफर दिँदै रहन्छ, जनताहरु फाईदा लिन लडदै रहन्छ, एजेन्टहरु चोकमा बसेर पान थुक्दै रहन्छ । फाईदा के ? 

जारी रहनेछ.........

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

काशिन्द्र कुमार शर्मा

सम्पादक

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

उहाँ त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित न्यूज ब्यूरो अनलाईनका सम्पादक / कार्यकारी सम्पादक हुन । डेस्कमा आएको समाचारलाई सम्पादन फिल्टर गर्ने जिम्मेवारी उहाँका हुन ।

प्रतिकृया दिनुहोस