नेपाल-इण्डिया बोर्डर ३ दिन सिल, मदिरा विक्रि वितरणमा पूर्ण प्रतिबन्ध !

सिमावर्ती नेपाली क्षेत्रमा विक्री वितरण भईरहेका मदिरा जन्य पेय पदार्थलाई पूर्ण रुपमा बन्द गर्ने सहमती भएको बताइएको छ । 

२०७५ चैत १५ शुक्रबार
बिहान ०६:५६ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला सीमा रहेको नेपाल भारतको सीमा तीन दिनको लागि सिल गर्ने निर्णय गरिएको छ । 


भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई मध्यनजर राख्दै सिमावर्ती नेपालको तिन जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरु र भारतीय सुरक्षा पदाधिकारीहरु बिच विहिवार भारतको सितामढीमा बैठक सम्पन्न भएको छ । भारत विहारको सितामढी जिल्लामा 9 May -2019 मा हुने लोकसभाको निर्वाचनको समयमा अपराधिक गतिविधि, हातहतियार ओसार पसार, फेक इण्डियन करेन्सी, क्रस नक्सल गतिविधि लगायत विभिन्न आतंककारी गतिविधिलाई नियन्त्रण गर्नमा एक अर्का विच सहयोगात्मक सहयोग आदानप्रदान गर्नका लागि बैठकको मुख्य एजेण्डा राखिएका थिए ।

 

 भारतीय सुरक्षा पदाधिकारीहरुद्धारा राखिएको प्रस्तावलाई दुवै पक्षका पदाधिकारीहरु एक आपसमा समन्वय गरी अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्ने, नक्कली नोट, क्रस नक्सल गतिविधि, ड्रग्स र ह्यूमन ट्राफिकिंग माथि अंकुश लगाउन सहमती र निर्वाचनको ७२ घण्टा पूर्व सिमा सिल गर्ने निर्णय भएका छन् । निर्वाचनको समयमा ज्वाइन्ट पट्रोलिंग गर्ने र सिमावर्ती नेपाली क्षेत्रमा विक्री वितरण भईरहेका मदिरा जन्य पेय पदार्थलाई पूर्ण रुपमा बन्द गर्ने सहमती भएको बताइएको छ । 

 

निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले नेपाली एफएमबाट प्रचार प्रसारलाई रोक लगाउन र फ्रिक्वेन्सी घटाउन कुरा उठाउदा नेपाली पक्षका सुरक्षा पदाधिकारीहरुले फ्रिक्वेन्सी घटाउन नमिल्ने र भारतीय सुरक्षा अधिकारीबाट अनुमती लिएर आएपछि जिल्ला प्रशासनबाट अनुमती लिएर मात्रैप्रचारप्रसार गर्न पाउने सहमती भएको छ ।

 

 सिमापार भारतबाट हुने अवाञ्छित गतिविधि, बन्जरहामा इलिक्ट्रकल लाइन सहितका कार्यलाई तत्काल नियन्त्रण गर्न, भन्सार छलेर चोर बाटोबाट नेपाल भित्रिने अबैध कारोवारलाई भारतीय पक्षबाट कडाई हुनुपर्ने नेपाली सरक्षापदाधिकारीहरु जोडदार रुपमा आवाज उठाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । 

 

तिनै जिल्लाका सिनियर अधिकारीको रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी दोर्णपोखरेललेनेपालीपक्षकोनेतृत्व गरे भने सितामढीका डिएम डा. रंजीतकुमार सिंहले गर्नु भएको थियो ।

 

रौतहटका नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय सिंह, यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित तिनै जिल्लाका एसपीहरु, भन्सार प्रमुखहरु र भारत सितामढीका एसपी अनिलकुमार, डिडिसी प्रभातकुमार, एडिम सहित एसएसबीका पदाधिकारीहरुको उस्थितिमा उक्त सिमा वैठक सम्पन्न भएको रौतहटका प्रजिअ थापाले बताए । आजको जनकपुर टुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७५ चैत १५ शुक्रबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus