• २०७६ कार्तिक ६ गते, बुधबार



गरुडाको कोल्ड स्टोरमा छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद 


न्यूज ब्यूरो, रौतहट ।  अखाद्य पेय पदार्थ विक्री वितरण गरिरहेको अवस्थामा गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले गरुडा बजारमा रहेको एउटा कोल्ड स्टोरमा छापा मारेर ठूलो परिमाणमा म्याद सकिएको पेय पदार्थहरु बरामद गरेका छन् ।

 

 अखाद्य पेय पदार्थ विक्री वितरण भईरहेको खवर प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृत टेकराज पंथी, उद्योग वाणिज्य संघका प्रतिनिधि र प्रहरी सहितको टोलीले गरुडा बजार स्थित सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा डाबर नेपालद्धारा उत्पादित रियल, ब्रष्टको करिव २ सय कार्टुन म्याद सकिएको पेय पदार्थ बरामद गरिएका हुन् ।

 

 डावर नेपालको अधिकृत विक्रेता सन्तोष कोल्ड स्टोर्समा छापा मार्दा ४ महिना देखि लिएर ९ महिना म्याद गुज्रिएको अखाद्य पेय पदार्थ रियल, व्रष्टको २०० एमएल देखि लिएर १ लिटर सम्मको जुसहरु ठूलो परिमाणमा बरामद गरिएको गरुडा नगरपालिकाले जनाएको छ । 


 गरुडा नगरपालिकामा मंगलवार रौतहट क्षेत्र नम्वर १ का साँसद अनिलकुमार झा सहितका पाहुनाहरुको स्वागतका लागि मगाइएको डावरको रियल जुसहरु म्याद गुज्रिएको भेटिएको र स्थानीयहरुको गुनासो आईरहदा बुधवार उक्त कोल्ड स्टोर्समा छापा मारेर ठूलो परिमाणको अखाद्य पेय पदार्थ बरामद गर्न सफल भएको गरुडा नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत पंथीले जानकारी दिए ।


 उपभोक्ता संरक्षण ऐन २०७५ र अपराध संहिता २०७५ अन्तर्गत स्थानीय तहबाट बजार अनुगमन गर्ने क्रममा हेर्दा उक्त पेय पदार्थको म्याद गुज्रिएको भेटाएको बताउदै यसको पूर्ण दोषि डावर कम्पनी रहेको बताए ।


 विक्रेताले समयमा क्लेम नगर्नु र कम्पनीले यस्ता पेय पदार्थ बजारमा पठाउने कार्य एकदमै गैरकानुनी भएको स्पष्ट पार्दै स्थानीय बासिन्दा, उद्योग वाणिज्य संघ र राजनितिक दलको आग्रहमा पहिलो पटक विक्रेतालाई चेतावनी दिएर छाडेको बताए ।

 
 यदी पुन यस्ता पेय पदार्थ विक्री वितरण भएको पाइएमा कानुन बमोजिम कारवाही गरिने र बरामद गरिएको ठूलो परिमाणको रियल र व्रष्ट पेय पदार्थलाई गरुडा नगरपालिकाको मेयर इन्दुराय यादव, उपमेयर रंगीला देवी जयसवाल, उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल सहित स्थानीय बासिन्दाहरुको रोहवरमा नष्ट गरियो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
resized image

संजय सहनी, रौतहट

संवाददाता

प्रदेश नं. २, रौतहट - नेपाल

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...