न्यूज ब्यूरो, जनकपुरधाम । बिजुलीको मिटर नभएकै कारण हुकिंग र विद्युत चोरी बढेको भन्दै अब गरिब र विपन्नलाई सरकारले मिटर निःशुल्क (फ्रि) उपलब्ध गराइने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका आम नागरिकलाई चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण केन्द्रमार्फत् शुरु गरेको छ । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत् विपन्न वर्गलाई निःशुल्क मिटर जडान शुरु गरेको जानकारी दिएको छ ।
विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज विद्युत् मिटर, एमसिबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिने छ ।
मिटरको रु १ हजार ९ सय ३५, एमसिबीको मूल्य, अधिकतम दुईवटा पोल (करीब १०० मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा रु ३ हजारदेखि ३ हजार ५०० बराबरको सामान वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरीमार्फत् विद्युत् प्रयोग गर्दै आएका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निःशुल्क वितरण भइरहेको जानकारी दिए ।
“पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत् हुने विद्युतीय दुर्घटना कम हुने छ”, घिसिङले भने, “यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ ।”
सरकारले चालू आवमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न रु ४० करोड विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना आठ क्षेत्रीय कार्यालयलाई रु पाँच÷पाँच करोडका दरले बाँडफाँट गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको सङ्ख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँट गरेका छन् ।
प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिए । कार्यालयले तीन हजारभन्दा बढी घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ ।
डिसीनेपालकोसहयोगमा
धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा
- २०७५ चैत १४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ । नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक
पूरा पढ्नुहोस्