मधेशका एक मन्त्रीले सुपरिटेन्डेन्टलाई 'बेवकूफ' भनेपछि मन्त्रीको राजिनामा माग !

पछि उनले पत्रकारहरुसित माफी समेत मागेका थिए । 

२०७५ चैत १० आइतबार
रति ८:०४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका एक मन्त्रीले एसईई परीक्षाको क्रममा एक केन्द्राध्यक्षलाई बेवकुफ भनेपछि जनकपुरमा हलचल भएको छ । 

 

आईतबारदेखि सुरु भएको एसईई परीक्षाको क्रममा अनुगमनमा गएका प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुर स्थि रहेको सरस्वति नमुना माविका प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) सत्यनारायण मण्डललाई बेवकुफ शब्द प्रयोग गरी अपमान गरेपछि खैलाबैला मच्चिएको हो । 


परीक्षा हलमा गार्डमा खटिएका शिक्षकले परिचय पत्रमा फोटो नटाँसेको भन्दै आक्रोसित हुँदै मन्त्री साहले केही गार्ड सहित केन्द्राध्यक्षलाई समेत हप्काउँदै परीक्षा हलभित्रै अपमानति गरेको आरोप लगाएका छन् ।  केन्द्राध्यक्ष मण्डलले भने– ‘मलाई तथानाम गाली गरे, तपाईको जागिर खाइदिन्छु भन्दै उनले भने–तपाईलाई हटाइदिन्छु । बेबकुफ भनेर हप्काए ।’ मण्डलले मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले र किन केन्द्राध्यक्ष बनाएको भनेर हप्काउदै गालीगलौज गरेको आरोप लगाए ।

 


त्यस्तै विद्यालयका शिक्षक एवम् परीक्षामा गार्डमा खटेका बेचन रामले मन्त्री साहले आफूलाई दलित भनेर हेपेको आरोप लगाएका छन् । शिक्षक रामले आफूलाई मन्त्री साहले हिन्दी भाषामा गाली गलौज गर्दै  ‘तुम्मे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।’ भनेर परीक्षा हलभित्रै अपमान गरेको गुनासो पोखे । 


आक्रोशित केन्द्राध्यक्ष मण्डलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मन्त्रीको दुव्र्यवहार सहेर भएपनि परीक्षा सञ्चालन गरे । परीक्षा केन्द्रमा ४ जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् ।


मन्त्री साहको दुव्र्यवहारपछि नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्री साहको राजीनामा माग गरेका छन् । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको आरोप लगाए । केन्द्राध्यक्ष मण्डललाई अपरिपक्क रहेको भन्दै तथानाम गाली गरेको र कसले केन्द्राध्यक्ष बनाएको भनेर घोर अपमान गरेको आरोप लगाइएको हो । 


यता, मन्त्री साहले भने त्यसलाई खण्डन गर्दै कसैलाई नहेपेको दाबी गरेका छन् ।  उनले शिक्षक बेचन रामलाई चमार भनेर नहेपेको बताएका छन् । उनले भने– मलाई कसैको जातको बारेमा थाहा पनि छैन, को ब्राह्मण थियो, र को चमार थियो, मैले त जे देखे शिक्षक र केन्द्राध्यक्षको रवैया, त्यसमाथि मैले रिसाएर यसो नगर्न निर्देशन मात्रै दिएको हो ।’


सरस्वति नमुना माविका केन्द्राध्यक्ष एवम् प्रधानाध्यापक सत्यनारायण मण्डल जनकपुरमै एक कुशल केन्द्राध्यक्ष एवम् प्रधानाध्यापकको रुपमा चिनिन्छ भने शिक्षक बेचन राम पनि एक कुशल व्यक्तित्व भएको गणित शिक्षकको रुपमा प्रसिद्धि कमाएका छन् । 

 

केही दिन पनि मन्त्री साहले भने सप्तरीको एक कार्यक्रमबीच पत्रकारहरुलाई जुत्ताले हान्नुपर्ने जस्ता वक्तत्व दिएर विवादमा तानिएका थिए भने पछि उनले पत्रकारहरुसित माफी समेत मागेका थिए । 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ चैत १० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }